नवाजुद्दीनविरुद्ध पत्नीले दर्ता गराइन् उजुरी | Khabarhub Khabarhub

नवाजुद्दीनविरुद्ध पत्नीले दर्ता गराइन् उजुरी


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – केही समययता भारतीय कलाकार नवाजुद्दीन सिद्दीकी पारिवारिक विवादमा फसेका छन् । यो विवादमा नवाजुद्दीनलाई थप तनाव थपिन सक्ने देखिएको छ ।

नवाजुद्दीनकी पत्नी आलियाले पति र परिवारका अन्य चार सदस्यका विरुद्ध उजुरी दिएकी छिन् ।

भारतीय समाचार संस्था जी न्यूजका अनुसार आलियाले मुम्बई प्रहरीमा गत २७ जुलाईमा उजुरी दिएकी थिइन् । अहिले उनले घटना भएको स्थान बुढाना (नवाजुद्दीनको गृहनगर) थानामा उजुरी दर्ता गराएकी हुन् ।

आलियाले आफ्नो बयानमा नवाजुद्दीनका भाइ मिन्हाजुद्दीनले सन् २०१२ मा परिवारका साथ आफूमाथि दुर्व्यवहार गरेको बताएकी छिन् ।

यो घटनाका बारेमा उनले नवाजुद्दीनलाई भनेकी थिइन् । तर, नवाजुद्दीनले आफ्नो करिअर बिग्रन सक्ने भन्दै यो केशलाई घरमै मिलाउन खोजेको आलियाले आरोप लगाएकी छिन् ।

लकडाउनको समयमा नवाजुद्दीन आफ्नो गृहनगर पुगेका थिए । तर, उनी आवासमा भने नभएको पारिवारिक स्रोत उल्लेख गर्दै जी न्यूजले लेखेको छ ।

परिवारका सदस्यले भने आलियाले लगाएको आरोपको खण्डन गर्दै आएका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १२ : १२ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई