महाभारतको रोचक कथा : जब भीष्मले वाण हानेर पाण्डवहरूलाई मार्न चाहे  | Khabarhub Khabarhub

महाभारतको रोचक कथा : जब भीष्मले वाण हानेर पाण्डवहरूलाई मार्न चाहे 


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कौरवका सेना पाण्डवहरूसँग युद्ध हारिरहेको बेलामा दुर्योधन भीष्म पितामहसमक्ष पुगे र ‘तपाईं आफ्नो पूरा शक्ति लगाएर लडिरहनुभएको छैन’ भनी आरोप लगाए ।

यो सुनेपछि भीष्मलाई एकदमै रिस उठ्यो र उनले पाँचवटा सुनौला वाण झिके र केही मन्त्र पढे । मन्त्र पढेपछि उनले तिनै पाँच वाणले पाण्डवहरूलाई भोलि मारिदिने बताए ।

तर दुर्योधनले भीष्म पितामहमाथि विश्वास गरेनन् र वाण आफैं लिएर गए । ‘भोलि बिहान यी वाणहरू फिर्ता गरिदिन्छु’ भने उनले ।

भगवान् श्रीकृष्णले यी वाणहरूका बारेमा थाहा पाएपछि अर्जुनलाई बोलाउनुभयो र दुर्योधनकहाँ गएर पाँच वाण माग्न लगाउनुभयो ।

‘दुर्योधनलाई एकचोटि तिमीले गन्धर्वबाट ज्यान बचाइदिएका थियौ । त्यसको बदलामा केही कुरा माग्नू भनेर दुर्योधनले भन्दा त्यतिखेर केही मागेका थिएनौ । अब गएर त्यही पाँच सुनौलो वाण माग ।’

त्यसपछि अर्जुन दुर्योधनकहाँ पुगे र वाण मागे । आफूले पहिले वचन दिइसकेको हुनाले दुर्योधनले क्षत्रीय धर्म निर्वाह गर्दै वचन पूरा गरे र अर्जुनलाई वाण दिए ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ५ : ०३ बजे

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै

उपनिर्वाचनमा मुढाको ब्राण्डिङ !

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर

परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्छ : माधव नेपाल

मनहरी– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले