उपरथी पाण्डेलाई दर्ज्यानी चिह्न प्रदान | Khabarhub Khabarhub

उपरथी पाण्डेलाई दर्ज्यानी चिह्न प्रदान


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापाले विज्ञानदेव पाण्डेलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

सैनिक मुख्यालय जंगीअड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति थापाले सहायकरथीबाट उपरथीमा बढुवा भएका पाण्डेलाई दर्ज्यानी चिह्न लगाइ दिएका हुन्।

मन्त्रिपरिषद्को यही साउन २६ गतेको बैठकले सहायकरथी पाण्डेलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सरकारले उपरथी पाण्डेलाई उत्तरपश्चिम पृतना हेडक्वार्टरको पृतनापतिको जिम्मेवारी दिएको छ ।

करीब १५ महिना सेनाको प्रवक्ताको जिम्मेवारी पूरा गरेपछि साउनको पहिलो सातादेखि उनले उक्त पृतनामा निमित्त प्रमुखका रुपमा काम गर्दै आएका थिए।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ८ : ५९ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र