ओमनबाट १७५ नेपाली स्वदेश फर्किए, विमानस्थल पुगेर राजदूत पराजुलीले गरिन् बिदाइ | Khabarhub Khabarhub

ओमनबाट १७५ नेपाली स्वदेश फर्किए, विमानस्थल पुगेर राजदूत पराजुलीले गरिन् बिदाइ



दोहा – कोरोनाका कारण ओमनमा समस्यामा परेका थप १७५ नेपाली स्वदेश फर्किएका छन् । दूतावासको प्राथामिकतामा परेका उनीहरु सलाम एयरको ओभी ४२७ चौथो चार्टर उडानमार्फत स्वदेश फर्किएका हुन् ।

सो उडानमा १३७ पुरूष र ३८ महिला छन् । यसअघि सलाम एयरकै तीन वटा उडानमार्फत ४९० जना नेपाली स्वदेश फर्किसकेका ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।

स्वदेश फर्किने नेपालीहरुलाई बिदाइ गर्न ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल लगायत अन्य कर्मचारीहरु विमानस्थल पुगेका थिए ।

सो चार्टर उडानका लागि सेवा प्रदायक कम्पनी सलाम एयरले ११५ ओमनी रियल (नेपाली करीब ३६ हजार १ सय) भाडा लिएको थियो।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ५ : ३४ बजे

सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

बरहथवा– सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला

वेस्टइन्डिज ए ले बनायो २०० रन 

काठमाडौं– नेपाल र वेस्टइन्डिज ए बीचको पाँच खेलको टी-ट्वेन्टी सिरिजको

निर्वाचन आचारसंहित उल्लंघन गरेका रास्वपा उम्मेदवार लिम्बूलाई के हुन्छ कारबाही ?

इलाम – इलाम-२ मा भइरहेको उपनिर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका

इलाममा ४३ प्रतिशत मत खस्यो

इलाम- इलाम २ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खसेको जिल्ला

लगानी सम्मेलनलक्षित ऐन संशोधन अध्यादेशको कांग्रेसद्वारा विरोध

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लगानी सम्मेलन लक्षित ऐन