कोरोना संक्रमण पुष्टि भएका खेलाडीलाई सम्पर्क गरिँदै, आइसोलेनमा बस्न सुझाव | Khabarhub Khabarhub

कोरोना संक्रमण पुष्टि भएका खेलाडीलाई सम्पर्क गरिँदै, आइसोलेनमा बस्न सुझाव



काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा बोलाइएका एक खेलाडीमा कोरोना संक्रमण भएको छ । मंगलबार पाटन अस्पतालमा कोरोना परीक्षण गराएका २० वर्षीय एक खेलाडीमा कोरोना भाइस पुष्टि भएपछि उनलाई कहाँ कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहके ईपीडीमीयोलोजी तथा रोग नियण्त्रण महाशाखा (ईडीसीडी) ले जानकारी दिएको छ ।

खेलाडीको रिर्पोट बिहीबारै आएपनि एक नतिजा होल्ड भएको थियो । जसलाई एन्फाले पुन परीक्षण गरिइको जानकारी सार्वजनिक रुपमा दिएको थियो ।

नेपालमा कोरोना संक्रमण पुष्टि भएका उनी नै पहिलो खेलाडी हुन् । यसअघि स्क्वास प्रशिक्षक हिरा थापालाई कोरोना संक्रमण पुष्टि भएको थियो । थापा अहिले स्क्वास एकेडेमीमा आइसोलेसनमा बसिरहेका छन् ।

कोरोना संक्रमण देखिएका फुटबलरको नाम भने गोप्य राख्न ईडीसीडीले आग्रह गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले फिफा विश्वप २०२२ तथा एएफसी एसियन कप २०२३ संयुक्त छनोटका लागि भदौ १ गतेदेखि राष्ट्रिय फुटबल टोलीको अभ्यास सुरु गर्ने योजना बनाएको थियो ।

त्यसअन्तगत नै रहेर एन्फाले साउन १७ गतेदेखि केही खेलाडी होटल र केही खेलाडी घरमा गरेर क्वारेन्टाइन राख्ने निर्णय गर्यो ।

राजधानी बाहिरबाट आएका खेलाडीलााई त्रिपुरेश्वरस्थित एक होटलमा राख्यो भने बाँकी लाई आआफ्नै घरमा सुरक्षित रहन भनियो ।

एन्फाले होटल र घरमा भएका खेलाडीमाथि निगरानीमा राख्नेसमेत पत्राचार गर्यो । गएको सोमबार ११ खेलाडीसहित २५ जनाको कोरोना परिक्षण गराएको एन्फाले मंगलबार २३ खेलाडीसहित २९ जनाको स्वाब संकलन गराएको थियो ।

पहिलो दिनका सबै २५ जनाको खेलाडीको रिर्पोट नेगेटिभ आएपछि खेलाडीहरु सुरक्षित रहेको महसुस गराएको थियो । तर, दोस्रो दिन परीक्षण गराएका २३ मध्ये एक जनाको कोरोना रिर्पोट पोजेटिभ आएपछि पाटन अस्पतालले एक दिन नतिजा नै होल्ड गर्यो ।

किन गर्यो ? त्यसको जवाफमा चिकित्सकहरु भन्छन्, ‘कहिलेकाँही सुरुको नतिजा चित्त बुझ्दो भएन भने दोस्रो पटक स्बावलाई चलाएर परिक्षण गरिन्छ । सुरुको रिर्पोटमा प्राविधिक त्रुटी भएको भए दोस्रोमा क्लियर हुनेगरेका छन्।’

तर, पाटन अस्पतालमा जाँच गराएका राष्ट्रिय टोलीका खेलाडीको हकमा त्यो भएन उनको दोस्रो नतिजा पनि पोजेटिभ आयो ।

ईडीसीडीका केस व्यवस्थापन टीमका लीलाबहादुर थापाले ती खेलाडीको रिर्पोट आफु कहाँ भर्खर आइपुगेको र उक्त रिर्पोटको अध्ययन भइरहेको खबरहबसँग बताए ।

‘रिर्पोट अध्ययन हुँदैछ । रिर्पोट हेरेर सम्बन्धित व्यक्तिलाई सम्पर्क गछौं । विरामीको अवस्था के छ? कहाँ बसिराखेका छन्? घरमा आइसोलेसनमा बस्ने स्थिति छ कि छैन । त्यो हाम्रो टिमले सम्पर्क गरेर सोध्छ,’ व्यवस्थापक थापाले भने, ‘बिरामीमा लक्ष्यण छैन । उ बसिरहेको स्थान वा घरमा सुरक्षित साथ बस्न सक्छ भने हामी आइसोलेसनमा बस्न सुझाव दिन्छौं ।’

यदी त्यसरी बस्ने स्थित छैन भने उनलाई जुन अस्पतालमा ठाउँ छ त्यहिँ ब्यवस्थापन गर्ने थापाले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  १२ : २७ बजे

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि