परिवार भएको अशान्ति मेटाउन अपनाउनुपर्ने उपाय | Khabarhub Khabarhub

परिवार भएको अशान्ति मेटाउन अपनाउनुपर्ने उपाय


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक व्यक्ति चाहान्छन् उसको घरमा सुख, शान्ति छाओस् । तर आजकलको जीवनशैलीमा घर र कामका बिचमा सन्तुलन बनाउन निकै कठिन हुन्छ ।

अहिले कतिपय मानिसको जीवनमा धनसम्पती, परिवार, सुख सुविधा भएर पनि उसको मन अशान्त रहन्छ । यसका लागी घरमा रहेको नेगेटिभ एनर्जी प्रवाहको दोष रहन्छ । यसका लागी केहि उपाय अपनाएमा मात्र घरको माहौल शान्त हुनसक्छ ।

१. यदि तपाइको घरमा अशान्तिको माहौल छ, हर समय झगडा भइरहन्छ भने सयपत्री फूललाई आइतबार बाहेक हरेक दिन कुमकुम लगाएर तुलसी मठमा अर्पण गर्नु पर्दछ ।

२. घरको पश्चिम र दक्षिण दिशाको भित्तामा घरका जेष्ठ सदस्यको तस्विर लगाउनु पर्दछ । यसले एक प्रकारले रक्षा कवचको काम गर्दछ ।

३. घरमा कुनै यस्ता तस्विर नलगाउनु जो शोक, दुख र लाचारीपनलाई दर्शाउँछ । तसर्थ घरमा केवल यस्ता तस्विर मात्र लगाउनुहोस् जसले खुशी, सफलता र पोजेटिभ सोच झल्काउँछ ।

४. घरमा कहिल्यै पनि भाचिँएको काइयोँ राख्नुहुदैन । अन्यथा घरमा अशान्तिको माहौल बनाउने गर्दछ । यदि घरमा भाचिँएको काइयोँ छ भने त्यसलाई तत्काल फ्याक्नुहोस् ।

५. घरको मुख्यद्धारमा हरदम उज्यलो बनाइ राख्नुहोस् । किनभने जुन घरको मुख्यद्धार अध्याँरो हुन्छ त्यस घरमा दुख र द्ररीद्रता छाउने गर्दछ ।

६. यदि घरमा लगातार आर्थिक समस्या हुने गरेको छ भने रकम राखिने दराजमा पैसाका साथमा एक थान ऐना राख्नुहोस् । यसले घरको आर्थिक अभाव कम गर्दछ ।

७. घरको पूर्व उत्तर कुनामा कहिल्यै पनि फोहोर नपार्नुहोस् । अन्यथा परिवारका सदस्यका विचमा मानसिक तनाव बढ्ने गर्दछ ।

८. यदि घरको भित्ता चर्किएको छ भने तुरुन्त त्यसलाई मर्मत गर्नुहोस् । यस्तोलाई अशुभ मानिन्छ ।

९. घरका भित्तामा झुण्ड्याइने घडी हमेशा चालु अवस्थामा राख्नुहोस् । रोकिएको घडीले भाग्यमा असर पार्दछ ।

१०. घरमा कुनै पनि देवी वा देवताको एक भन्दा बढि मुर्ती नराख्नुहोस् । अझ दुई मुर्तीलाई आमनेसामने नराख्नुहोस् । यसले घरमा विवाद भित्र्याउने गर्दछ ।

११. घरमा कहिल्यै पनि टुक्रिएको सिसा वा ऐना राख्नु हुदैन । यसले नकारात्मक एनर्जी प्रवाह गर्दछ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ६ : ०७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर