नक्कली भ्याटबिल बनाइ राजश्व छली गरेको अभियोगमा मुद्दा दायर | Khabarhub Khabarhub

नक्कली भ्याटबिल बनाइ राजश्व छली गरेको अभियोगमा मुद्दा दायर


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजश्व अनुसन्धान विभागले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर (भाट)बीजक प्रयोग गरी राजश्व छली गरेको अभियोगमा युनिक वाइड इन्टरनेशनल प्रालि र न्यू युनिक इन्टरनेशनलका सञ्चालकविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागका अनुसार राजश्व छली गर्ने कामपा–१ का युनिक वाइड र न्यू युनिक इन्टरनेशनलका सञ्चालकले रु ७३ करोड ६० लाख २८ हजार ७०० बराबरको नक्कली भ्याट बिल बनाएको पाइएको छ ।

उनीहरुले वस्तु तथा सेवा नै खरिद नगरी झुटा तथा नक्कली भ्याट बिल खरिद गरेको र आयकरसमेतको राजश्व चुहावट गरेको पाइएको छ ।

विभागका अनुसार युनिक वाइड तथा न्यू युनिक इन्टरनेशनलले भ्याटतर्फ रु १२ करोड ४२ लाख २८ हजार ६१७ र आयकरतर्फ रु २२ करोड ८० लाख ५९ हजार ३०९ तथा लाभांश करतर्फ रु दुई करोड ५७ लाख ४० हजार ७७३ बराबरको राजश्व चुहावट गरेको अनुसन्धानबाट खुलेको छ ।

आरोपी दुवै फर्मलाई बिगो असुल गरी जरिवाना र कैद सजायको माग दाबी गर्दै सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको भए पनि आवश्यक प्रक्रिया बाँकी रहेकाले आज सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ८ : २४ बजे

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।