चीन र रूसबीच व्यापार घाटा छ प्रतिशतले वृद्धि | Khabarhub Khabarhub

चीन र रूसबीच व्यापार घाटा छ प्रतिशतले वृद्धि


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सन् २०२० को पहिलो त्रैमासिकमा चीन र रूसबीचको व्यापारिक कारोबार २० अर्ब ९४ करोड अमेरिकी डलर रहेको चिनियाँ भन्सार प्रशासनद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ । यो कारोबार गत वर्षको सोही अवधिमा भएको कारोबार रकमभन्दा छ प्रतिशतले कमी हो ।

त्यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा रूसी सामानको चीन निर्यातमा ३७ अर्ब ६० करोड अमेरिकी डलर बराबर कमी आएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.९ प्रतिशतको गिरावट हो ।

तथ्याङ्कअनुसार विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीचको व्यापारिक कारोबार जुन महिनामा मात्र आठ अर्ब १९ करोड रहेको छ । जसमध्ये चीनले रूसमा तीन अर्ब ९८ करोड अमेरिकी डलर बराबरको सामान निर्यात गरेको छ भने रूसले चीनतर्फ चार अर्ब २० करोड डलर बराबरको सामान निर्यात गरेको देखिएको छ ।

सन् २०१९ को अन्त्यमा रूस र चीनबीचको व्यापारमा अघिल्लो वर्षको तुलनामा ३.४ प्रतिशत अर्थात् एक खर्ब १० अर्ब अमेरिकी डलरले वृद्धि भएको थियो ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ७ : ५० बजे

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस