कोरोनाको उपचारमा प्लाज्मा थेरापी : निको भएका बिरामीलाई 'प्लाज्मा' दिन अनुरोध | Khabarhub Khabarhub

कोरोनाको उपचारमा प्लाज्मा थेरापी : निको भएका बिरामीलाई ‘प्लाज्मा’ दिन अनुरोध


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोनाको उपचारमा ‘प्लाज्मा थेरापी’ विधिका लागि निको भएका बिरामीहरुलाई रक्तदान गर्न अनुरोध गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले परिषदले प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचारका लागि निको भएकाहरुलाई ‘प्लाज्मा ‘दिन आग्रह गरेको जानकारी दिएका हुन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड १९ को उपचारका लागि तोकिएका अस्पतालहरुमा कोभिड १९ का बिरामीहरुलाई कन्भलेसेन्ट प्लाज्मा दिइ उपचार गर्न रक्तदाताहरुको आवश्यकता परेको  जानकारी दिएको हो ।

परिषद्ले कोभिड १९ लागेर निको भएका इच्छुक महानुभावहरुलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा सम्पर्क राख्न समेत अनुरोध गरेको छ ।

कोरोना निको भएका व्यक्तिहरुले प्लाज्मा दिन चाहेमा परिषद्को कार्यालयमा बिहान १० देखि ५ बजेभित्र सम्पर्क गर्न सकिने जनाइएको छ ।

यो पनि पढौं

प्लाज्मा थेरापी कोरोना संक्रमितका लागि कति प्रभावकारी ? 

कोरोना उपचारमा प्लाज्मा थेरापीको तयारी 

 

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ७ : ०३ बजे

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।