अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना गर्दै महामृत्युञ्जय यज्ञ गर्दै फ्यान | Khabarhub Khabarhub

अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना गर्दै महामृत्युञ्जय यज्ञ गर्दै फ्यान


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस देखिएपछि उनका फ्यानहरु चिन्तित बनेका छन् । अमिताभसँगै उनको परिवारका सदस्य अभिषेक, ऐश्वर्या र आराध्यामा पनि कोरोनाको संक्रमण भएको छ ।

फ्यानले बच्चन परिवारको स्वास्थ्यलाभको कामना गरिरहेका छन् । अमिताभको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पूजापाठ पनि गरिएको छ ।

यसैबीच कलकत्तामा रहेका अमिताभका फ्यानले महामृत्युञ्जय यज्ञ लगाएका छन् ।

कलकत्तामा रहेका अमिताभ बच्चन फ्यान्स एसोसियसनका सदस्याले बच्चन परिवार पूर्ण रुपमा निको नहुञ्जेलसम्म यो यज्ञ जारी राख्ने बताएका छन् ।

कोरोना भाइरसलाई मध्यनजर गर्दै यज्ञमा धेरैजना जम्मा हुन भने दिइएको छैन । केही फ्यानले मात्र उनको यज्ञ आरम्भ गरेका छन् ।

कोरोना संक्रमण भएपछि अमिताभ बच्चनलाई अस्पताल भर्ना गरिएको छ भने अभिषेक, ऐश्वर्या र आराध्या होम क्वारेन्टिनमा छिन् ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ६ : ०० बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन