बाढी पहिरोको वितण्डा : पाँच दिनमा ७ हजार बढी विस्थापित | Khabarhub Khabarhub

बाढी पहिरोको वितण्डा : पाँच दिनमा ७ हजार बढी विस्थापित


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाढी, पहिरो तथा डुबानलगायत प्राकृतिक विपत्तिबाट गएका पाँच दिनमा मात्रै ७ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

गत २५ असारदेखि २९ असारसम्मको प्रारम्भिक तथ्यांकअनुसार रौतहट, सप्तरी, संखुवासभा, लमजुङ, जाजरकोट, सिन्धुपाल्चोक, म्याग्दी र झापामा गरी करिब १ हजार ४ सय ४० घरपरिवारका ७ हजार बढी व्यक्ति बसोवास कायम रहेको स्थानबाट अन्यत्र विस्थापित भएका हुन् ।

रौतहटमा डुबानका कारण ५ सय घरपरिवार विस्थापित हुँदा करिब २ हजार ५ सय व्यक्तिलाई अन्यत्र सारिएको हो । यस्तै, सप्तरीमा ३२ परिवार विस्थापित भएका छन् । संखुवासभामा ८२ घरपरिवारका ४ सय बढी व्यक्तिलाई सुरक्षित स्थानमा सरिएको छ ।

यसैगरी, लमजुङमा १० घर परिवारका ५० भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको छ । जाजरकोटमा २ सय ६ घर परिवारका १ हजार बढी व्यक्तिलाई अन्यत्र लगिएको छ ।

सिन्धुपाल्चोकमा ८५ घर परिवारलाई पहिराका कारण बसोबार रहँदै आएको स्थानबाट सुरक्षित स्थानमा सारिएको छ । यस्तै, म्याग्दीमा ४ सय परिवारलाई जोखिम हेरेर सुरक्षित स्थानमा सारिएको छ ।

तराईमा बाढी तथा डुबानका कारण र पहाडमा पहिराका कारण धेरै परिवार विस्थापित भएका छन् ।

गृह मन्त्रालयका अनुसार प्रभावित जिल्लाहरूमा जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह, रेडक्रससहितका संघसंस्थाको समन्वयमा विस्थापित परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा राहत वितरण गर्ने काम भइरहेको छ ।

२५ असारअघि भएको बझाङ घटनाका प्रभावितका लागि काठमाडौंबाट हेलिकोप्टरमार्फत नै राहत सामग्री पठाइएको थियो । सोमबार मात्रै संखुवासभामा विस्थापित ८२ परिवारका लागि विराटनगरबाट राहत सामग्री हेलिकप्टरमार्फत पठाइएको छ ।

गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख मुरारी बस्तीले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेका जिल्लास्थित विपद् व्यवस्थापन समिति, स्थनीय तहअन्तर्गतका समिति, रेडक्रसलगायतका स्थानीय संघसंस्थाको समेत समन्वयमा घाइते तथा प्रभावितको उद्धार र राहत वितरणको काम अघि बढिरहेको बताए ।

उनका अनुसार नजिकैका क्षेत्रीय गोदामघर तथा जिल्लास्थित विपद व्यवस्थापन समितिमार्फत प्रभावित जिल्लामा राहत सामग्री पुर्‍याइएको छ ।

गृह मन्त्रालयका अनुसार २५ असारअघि बझाङ, पर्वत, गुल्मी र पाल्पामा भएका विपद्का घटनाबाट हजारौं व्यक्ति विस्थापित भएका छन् । मन्त्रालयले स्थानीय स्तरमा रहेका प्रहरी, स्थनीय संघसंस्था तथा रेडक्रसमार्फत विस्थापितको यकिन विवरण संकलन हुने क्रममा रहेको बताउँदै आएको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  १० : ४० बजे

ओली-प्रचण्ड वार्ता : नयाँ बजेट, उपनिर्वाचन र माधव नेपालको असन्तुष्टिबारे कुराकानी

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार नेकपा (एमाले)

मेयर बालेनबारे ओलीको टिप्पणी : सुकुम्बासी र गरिबलाई देखिसहेनन्, लखेटिरहे

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका

कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-७

विश्वासको मत नलिए नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन्छ : सचेतक भण्डारी

विराटनगर– कोसी प्रदेशसभा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख

सेती नदिमा बेपत्ता भएका एक जनाको शव फेला

डोटी– डोटी जिल्लाको शिखर नगरपालिका–८ लुवाखडीस्थित सेती नदिमा नुहाउने क्रममा