विभिन्न स्थानमा वर्षा, कस्तो रहला दिनभरको मौसम ? | Khabarhub Khabarhub

विभिन्न स्थानमा वर्षा, कस्तो रहला दिनभरको मौसम ?


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्युनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेकाले दिउँसो केही ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा भने भारी वर्षाको हुने सम्भावना रहेको छ ।

प्रदेश ५ का रुपन्देही र कपिलवस्तुमा भने गएराति भारी वर्षा भएकाले साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

अझै पनि ती क्षेत्रमा ठूलो वर्षाको सम्भावना कायमै रहकाले सम्भावित बाढीको जोखिमबाट जोगिन महाशाखाले अनुरोध गरेको छ ।

प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ को मध्यपहाडी, चुरे र तराईबाट बहने ससाना खोलामा बहाव उच्च हुने सम्भावना छ ।

कोशीमा पानीको बहाव सामान्य घटबढ हुने, नारायणीमा केही बढ्ने तर कोशी र नारायणीमा बहाव सतर्कता तह आसपास नै हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा हुने तर सतर्कता तहभन्दा तलै हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ८ : ०७ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिलो इनिङमा नेपालले फिल्डिङ गर्ने

काठमाडौं – वेस्ट इन्डिज ‘ए’विरुद्ध पाँचौं तथा अन्तिम खेलको पहिलो इनिङमा

युद्धविराम वार्ता गर्न हमासका प्रतिनिधि कायरो जाने

एजेन्सी – गाजापट्टीमा सक्रिय प्यालेस्टाइनी हमास समूहले इजरायलसँग युद्धविरामसम्बन्धी वार्ता

उद्यमशीलताको विकासबिना मुलुक समृद्ध बन्दैन : उद्योगमन्त्री

अछाम– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरूले उत्पादन

युद्धविरामको जवाफ दिन हमासलाई एक साताको समय

काठमाडौं– इजरायलले हमासलाई युद्धविराम र बन्धकहरूको रिहाइको पछिल्लो प्रस्तावको जवाफ

विद्युत लाइन भूमिगत गर्न प्राधिकरणले ६ फिडरमा बिजुली काट्ने

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन भूमिगत गर्न काठमाडौं