थप ५ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २५० पुग्यो | Khabarhub Khabarhub

थप ५ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २५० पुग्यो


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा आज एकै दिन ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २५० पुगेको छ ।

आज विहान थप २ जनामा संक्रमण पुष्टि भएको  जनाएको स्वास्थ्य मन्त्रालयले विहान ७:४५ बजे थप ५ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्ति अनुसार धनुषा र महोत्तरीमा २/२ जना तथा सर्लाहीका एक जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा धनुषाको जनकपुर नगरपालिकाका ४० वर्षीय पुरुष र मिथिला नगरपालिकाकी २० बर्षीया महिला छन् ।

यस्तै महोत्तरीको जलेश्वर नगरपालिकाका १६ वर्षीय युवक र वलवा नगरपालिकाका ३५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । अर्का एक जना भने सर्लाहीको धन्कौल नगरपालिकाका ४५ वर्षीय पुरुष छन् ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ती

मन्त्रालयले यसअघि आज विहान ६:१५ बजे निकालेको विज्ञप्तिमा काठमाडौं चन्द्रागिरीका ३२ बर्षीय पुरुष  र कपिलवस्तुकी ६ वर्षीया बालिकामा पनि संक्रमण पुष्टि भएको जनाएको थियो ।

बिहिबार विहान स्वास्थ्य मन्त्रालयले निकालेको पहिलो विज्ञप्ति

यसअघि बुधबार बेलुकी स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा ३ र नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण देखिएकाहरुमा रुपन्देहीका २२,२२,२५,२८,३०,३२,३२,३३ र ४१ वर्षका पुरुषहरु ४,१०,२८ वर्षीया महिला छन् । त्यसैगरी कपिलवस्तुका २२,२९,३२,४०,४०,४०,४२,४२ वर्षीय पुरुष, पर्सा निवासी ३६ र ७४ वर्षीय पुरुष,३६ वर्षीया महिला र नवलपरासीका ३६ वर्षीय पुरुष छन ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ८ : ०५ बजे

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार