कोरोना भाइरस : विश्वभर २ लाख ९७ हजारको मृत्यु, ४४ लाख २३ हजारभन्दा बढी संक्रमित | Khabarhub Khabarhub

कोरोना भाइरस : विश्वभर २ लाख ९७ हजारको मृत्यु, ४४ लाख २३ हजारभन्दा बढी संक्रमित


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ९७ हजार ६०३ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४४ लाख २३ हजार ७२४ जना संक्रमित छन् ।

बितेको २४ घण्टामा ५ हजार १५२ जनाले ज्यान गुमाएका छन् भने ८६ हजार २८७ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये १६ लाख ५४ हजार ८८९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २४ लाख ७१ हजार २३२ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४५ हजार ९३२ जनाको अवस्था गम्भीर छ ।

बिहिबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ५७ हजार ३७२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख ९६ हजार ३२१ पुगेको छ।

उत्तर अमेरिकी मुलुकहरुमा ९५ हजार ३५२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १५ लाख ६८ हजार ३५० पुगेको छ ।

यस्तै एसियाली मुलुकहरुमा २३ हजार २६८ जनाको मृत्यु भएको छ । ७ लाख २० हजार ८०२ जना संक्रमित छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा १९ हजार १६ जनाको मृत्यु भएको छ । ३ लाख ५५ हजार २७४ जना संक्रमित छन् ।

अफ्रिकी मुलुकहरुमा २ हजार ४९१ जनाको ज्यान गएको छ भने ७३ हजार ६७५ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ५८१ पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा ८५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ६५७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८५ हजार ८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार १७९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ लाख २८ हजार ८१५ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३ लाख ७ हजार ८९३ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ६ : ४२ बजे

बढ्दै गर्मीको ग्राफ : अफ्रिकामा सहनै कठिन, एसियामा मनसुनको प्रतीक्षा

संसारमा आम स्थानमा अत्यधिक गर्मी भइरहेको समयमा भू–मध्य सागरीय क्षेत्र

सडक स्तरोन्नतिका लागि सम्झौता

तनहुँ– तनहुँको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिका लागि

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ– स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई

आगालागीबाट दुई घर र ‘कृषि फार्म’ जलेर नष्ट

सर्लाही– जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र

इलामको पाठ, सोह्र दुना आठ !

काठमाडौं- इलाम क्षेत्र नम्बर–२ मा सम्पन्न उपनिर्वाचनको नतिजा आइसकेको छ