चीनमा कोरोनाभाइरसबाट १७ सयभन्दा धेरै स्वास्थ्यकर्मी संक्रमित | Khabarhub Khabarhub

चीनमा कोरोनाभाइरसबाट १७ सयभन्दा धेरै स्वास्थ्यकर्मी संक्रमित


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनले कोरोनाभाइरस महामारीबाट १७ सय जनाभन्दा स्वास्थ्यकर्मी संक्रमित भएको खुलासा गरेको छ ।

महामारीबाट संक्रमितहरुको उपचार गरिरहेका १७ सय १६ जना स्वास्थ्यकर्मीहरु आफैं संक्रमित भएको चीनको समाचार संस्थान सिन्ह्वाले खुलासा गरेको हो ।

सिन्ह्वाले जनाएअनुसार कोरोनाभाइरसबाट संक्रमित ६ स्वास्थ्यकर्मीको निधन भइसकेको छ । स्वास्थ्यकर्मीहरु ‘ज्यान दाउमा राखेर काम गरिरहेको’ चीनका राष्ट्रिय स्वास्थ्य आयोगका उपमहानिर्देशक जङ यिसिनलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

उनका अनुसार कोरोनाभाइरसबाट महामारीबाट सबैभन्दा धेरै प्रभावित वुहान शहरमा मात्र ११ सय २ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । त्यसबाहेक हुबेई प्रान्तका अरु शहरहरुमा ४ सय जना संक्रमित भएको उनको भनाइ छ ।

चीनमा कोरोनाभाइरसको संक्रमणबाट हालसम्म १४ सयभन्दा धेरै मानिसको ज्यान गइसकेको छ भने अरु हजारौं संक्रमित भएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ८ : ४१ बजे

काठमाडौंमा वायु प्रदूषणको कहर (तस्बिरहरू)

काठमाडौं – काठमाडौं आज फेरि वायु प्रदूषणको विश्वकै पहिलो प्रदूषित

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

झापा– १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति

हराएका २४ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

काठमाडौं– विभिन्न मितिमा हराएका २४ दुईपाङ्ग्रे सवारी साधन खोजी गरी

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका

‘कसम, राम्रो छ- मनसरा ?’

काठमाडौं– झुटो बोल्यो कि साँचो भनेर पत्ता लगाउन हाम्रो सामाजमा