इराकस्थित अमेरिकी सैन्य शिविरमा रकेट आक्रमण | Khabarhub Khabarhub

इराकस्थित अमेरिकी सैन्य शिविरमा रकेट आक्रमण


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्बिल– इराकस्थित एक अमेरिकी सैन्य शिविरमा रकेट आक्रमण भएको छ । इराकको उत्तरी किर्कुक शहरमा अमेरिकी सैनिक रहेको शिविरलाई लक्षित गरी कट्युसा रकेट आक्रमण भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अमेरिकी सैनिक तथा इराकी सुरक्षा फौज समेत रहेको के १ शिविरमा गराइएको रकेट आक्रमणमा कुनै मानवीय क्षति नभएको समाचारमा जनाइएको छ । शिविरबाट ५ किलोमिटर टाढाबाट रकेट आक्रमण भएको जनाइएपनि कुन समूहले आक्रमण गराएको भन्ने स्पष्ट भइसकेको छैन ।

यसअघि गत डिसेम्बर महिनाको अन्त्यतिर पनि यही सैनिक शिविरमा रकेट आक्रमण हुँदा एक अमेरिकी ठेकेदार मारिएका थिए । ती सैनिक ठेकेदार मारिनुमा इरानको हात रहेको भन्दै यही वर्षको शुरुमा अमेरिकी सेनाले राजधानी बगदादमा गरेको कारवाहीमा इरानका शक्तिशाली सैनिक अधिकारी कसिम सुलेमानीको ज्यान गएको थियो ।

त्यसयता इराकमा रहेका अमेरिकी सैनिक शिविरलाई लक्षित गरी बेलाबेला रकेट आक्रमण हुँदै आएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ४ : १६ बजे

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

नयाँदिल्ली– उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति

एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं– नेपाल स्टक एक्जेञ्ज (नेप्से) पछिल्लो सातामा ३३।०३ अंकले बढेको

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान

काठमाडौं- सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । मन्त्रिपरिषद्को