‘लासा’ ज्वरोले नाइजेरियामा ७० जनाको मृत्यु | Khabarhub Khabarhub

‘लासा’ ज्वरोले नाइजेरियामा ७० जनाको मृत्यु


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लेगोस– नाइजेरियामा ‘लासा’ नाम दिइएको ज्वरोबाट मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ ।

ज्वरोबाट नाइजेरियाका ३६ मध्येका कम्तीमा पनि २३ वटा प्रान्तका नागरिक प्रभावित भएको जनाइएको छ । देशको दक्षिण भागमा पर्ने इबोन्यी, इदो र ओदो प्रान्तका व्यक्तिहरु यस ज्वरोबाट बढी प्रभावित भएका छन् ।

यस ज्वरोबाट संक्रमित भएर अस्पताल भर्ना भएकाहरुको सङ्ख्या ४ सय ७२ जना पुगेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नाइजेरियाको रोग नियन्त्रण केन्द्रले ज्वरोबाट ज्यान जानेको सङ्ख्या थप बढ्न सक्ने जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ३ : ०७ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र