ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ | Khabarhub Khabarhub

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– जिल्ला अदालत झापाको २०७३ चैत २९ गतेको फैसला अनुसार ठगी मुद्दामा १ वर्ष कैद र १२ लाख २१ हजार ४ सय ४७ रुपैयाँ सजाय भई फरार रहेका २ जना प्रतिबादीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बुद्धशान्ति गाउँपालिका-४ बस्नेहरु ४४ वर्षीय मुगाधन राई र ४० वर्षीय टिका काम्बाङ लिम्बु रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले इलाम जिल्लामा लुकिछिपी बसेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ दुवै जनालाई जिल्ला अदालत झापामा दाखिला गरेकोमा सोही अदालतको आदेशले जिल्ला कारागार कार्यालय चन्द्रगढी झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  १२ : १५ बजे

मैथली भाषामा फिल्म ‘लेबर’ बनाउँदै निर्देशक पूर्णेन्दु

काठमाडौं– विश्व मजदुर दिवसको अवसरमा मैथली भाषाको फिचर फिल्म ‘लेवर’

अर्थमन्त्री भन्छन् : आर्थिक शिथिलता कम हुँदैछ तर ढुक्क हुने अवस्था छैन

अर्थमन्त्री वर्षमान पुन अनन्तले मुलुकको आर्थिक शिथिलता सुधार हुँदै गए

दक्षिणी चीनमा राजमार्ग भासिँदा १९ जनाको मृत्यु, दर्जनौं घाइते

बेइजिङ– दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भासिँदा

पशुपतिको विद्युत शवदाह अब निःशुल्क

काठमाडौं– पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क

सलमानको घरबाहिर गोली चलाएको प्रकरणमा पक्राउ युवकले गरे आत्महत्या

एजेन्सी : बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित ग्यालेक्सी अपार्टमेन्टबाहिर गोली