इलामेली समाज दक्षिण कोरियाको नेतृत्व निरौलालाई | Khabarhub Khabarhub

इलामेली समाज दक्षिण कोरियाको नेतृत्व निरौलालाई


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सौल- इलामेली समाज दक्षिण कोरियाको तेस्रो अधिवेशनले केदार निरौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको बरिष्ठ उपाध्यक्षमा पवित्रा थेबे, उपाध्यक्षहरुमा महेश थापा, भवानी घिमिरे र लिला खतिवडा चयन भएका छन् ।

त्यस्तै महासचिवमा बालकुमार राई, सचिवमा उपेन्द्र निरौला, कोषाध्यक्षमा सुदिप फागो, सह-कोषाधक्षमा रमा कार्की र सदस्यहरुमा राजकुमार गुरुङ, चन्द्रकान्त दुलाल, सुजन राई, अर्जुन श्रेष्ठ, भीम विराज शंकर तथा विशाल जबेगु चयन भएका छन ।

कोरियामा रहेका नेपालीले स्वदेशका लागि सामाजिक काम गर्ने लक्ष्यसहित स्थापना भएको समाजले विभिन्न कारणले पीडामा परेका नेपालीलाई आर्थिक सहयोग गर्ने तथा नेपालस्थित वैज्ञानिक महावीर पुनले निर्माण गर्दै गरेको आविष्कार केन्द्रको लागि आर्थिक सहयोग संकलन गर्ने लक्ष्य राखेको समाजमा उपाध्यक्ष लिला खतिवडाले जानकारी दिए ।

समाजको अधिवेशनका अवसरमा कोरियामा रहेर समाजको विकासका लागि सहयोग गर्ने शंकर विश्वासी लिम्बू, टंकेश लिम्बू, चलचित्र ए मेरो हजुर ३ का सहनिर्माता सरोज सुब्बा, कवि तथा गीतकार खोम गुरुङ, गंगा बस्नेत, टीका थेगिम, हरि खनाल, लिला खतिवडा लगायतलाई सम्मान गरिएको थियो ।

समाजका अध्यक्ष दर्पण गुरुङको अध्यक्षता भएको कार्यक्रममा पूर्वान्चल समाज दक्षिण कोरियाका अध्यक्ष अमृत राई प्रमुख अतिथि थिए भने गैरआवाशीय नेपाली संघ (NRNA), नेपाल सम्पर्क समिति (NCC), कोरियाका प्रतिनिधी तथा कोरियामा स्थापित विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधीको सहभागिता थियो ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ९ : ०७ बजे

नेपाल भित्रने पर्यटक १२.७५ प्रतिशतले बढे

काठमाडौं– नेपालमा विदेशी पर्यटक आगमन १२.७५ प्रतिशतले बढेको छ ।

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने

नेपालगञ्ज– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा

नेपाललाई हराउँदै वेस्ट इन्डिज ‘ए’ ले जित्यो टी- २० सिरिज 

काठमाडौं- नेपालले वेष्टइण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज एक

साताको अन्तिम कारोबारको दिन नेप्से ७ अंकले घट्यो 

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ७.३१ अंकले घटेको

नक्कली प्रमाणपत्र लिएको आरोपमा मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव