को हुन् नेपालका लागि नयाँ भारतीय राजदूत क्वात्र ? | Khabarhub Khabarhub

को हुन् नेपालका लागि नयाँ भारतीय राजदूत क्वात्र ?


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि भारतीय राजदूतमा चयन भएका विनयमोहन क्वात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अति विश्वासपात्र कुटनीतिज्ञका रुपमा चिनिन्छन् ।

सन् १९८८ मा भारतीय विदेश सेवा (आईएफएस)मार्फत सेवा प्रवेश गरेका क्वात्र सन् १९९३ सम्म भारतीय स्थायी नियोग जेनेभामा कार्यरत थिए ।

फ्रेञ्च, अंग्रेजी, रुसी र हिन्दी भाषामा धाराप्रवाह क्षमता भएका यी कुटनीतिज्ञको संयुक्त राष्ट्र संघीय विभिन्न एजेन्सीहरु लगायत मानव अधिकार आयोगको समेत कार्यानुभव छ ।

विज्ञानमा स्नातकोत्तर र अन्तर्राष्ट्रिय सम्बन्धमा डिप्लोमा गरेका उनले सन् १९९३ देखि २००३ सम्म संयुक्त राष्ट्र संघमा भारतका लागि डेक्स अफिसर तथा दक्षिण अफ्रिका र उज्वेकिस्तानस्थित भारतीय कुटनीतिक नियोगमा कार्यरत थिए ।

सन २००३ देखि २००६ सम्म क्वात्र चीनमा डपुटी चिफ अफ मिशनका रुपमा कार्यरत थिए । सन् २००६ देखि २०१० सम्म यी कुटनीतिज्ञले काठमाडौंस्थित सार्क सचिवालयमा व्यापार, अर्थतन्त्र र वित्त व्युरोमा प्रमुखका रुपमा सेवा गरेका थिए ।

सन् २०१० देखि २०१३ सम्म उनी संंयुक्त राज्य अमेरिकास्थित भारतीय नियोगमा वाणिज्यदूतका रुपमा कार्यरत थिए । उनी सन् २०१३ देखि २०१५ सम्म भारतीय विदेश मामिला मन्त्रालयमा नीति, योजना तथा अनुसन्धान विभागका प्रमुख थिए । त्यहाँ रहँदा उनले अमेरिका महाद्धिप हेर्ने डेस्कको पनि नेतृत्व गरेका थिए ।

सन् २०१५ देखि २०१७ सम्म भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कोर टिमका रुपमा उनले सहसचिवको हैसियतमा प्रधानमन्त्री कार्यालयमा सेवा गरेका थिए ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ८ : ३६ बजे

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको