ओमानका सुत्लानको निधनमा प्रति नेपालका तर्फबाट समवेदना | Khabarhub Khabarhub

ओमानका सुत्लानको निधनमा प्रति नेपालका तर्फबाट समवेदना


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले ओमानका सुल्तान कावुस विनतारिक विनताइमुर विनअल सइदको निधनप्रति नेपालको तर्फबाट समवेदना प्रकट गरेका छन् ।

मन्त्री पुनले नेपालका तर्फबाट ओमानको सरकार तथा जनताप्रति समवेदना प्रकट गरेका हुन् ।

अन्तर्राष्ट्रिय नवीरकणीय उर्जा संघ (आइरिना) को १०औं साधारणसभामा सहभागी हुन यूएइको अबुधाबीमा रहेका मन्त्री पुन त्यहींबाट ओमानको राजधानी मस्कट पुगेर समवेदना प्रकट गरेका हुन् ।

मन्त्री पुनले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट नवनियुक्त सुल्तान मौसुफ हाइतम विनतारिक विनताइमुर अल सइदलाई भेटेर समवेदना प्रकट गरेका थिए ।

मन्त्री पुनले राष्ट्रपति भण्डारीले पठाएको लिखित समवेदनापत्र सुल्तानहाइतमलाई हस्तान्तरण गरे । त्यस अवसरमा मन्त्री पुनले ओमानको शान्ति, समृद्धि तथा निरन्तर प्रगतिको कामना व्यक्त गर्नुका साथै नेपाल र ओमानबीच विगत ४३ वर्षदेखि कायम रहँदै आएको मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।

सुल्तान हाइतमले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री पुनका साथै सम्पूर्ण नेपाली जनताका तर्फबाट समवेदना व्यक्त भएकाप्रति धन्यवाद ज्ञापन गरे । त्यसका साथै सुल्तानहाइत मविनतारिक विनताइमुर अल सइदले नेपाल र ओमानबीच कायम रहेको मैत्रीपूर्ण सम्बन्धको प्रशंसा गर्दै आगामी दिनमा समेत सो सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  २ : २९ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी

म माथि षडयन्त्र भयो, संलग्नको नाम छिट्टै सार्वजनिक गर्छु : सन्दीप लामिछाने

काठमाडौं– बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले आफू

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको विकास, विस्तार र

अवैध रूपमा अमेरिकी प्रविधि निर्यात गर्ने दुई चिनियाँविरुद्ध मुद्दा दायर

वासिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको न्याय विभागले संयुक्त राज्य अमेरिकाको

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको