चौथो दिन ‘छपाक’ को कमाइमा भारी गिरावट, तानाजीको कमाइ राम्रो | Khabarhub Khabarhub

चौथो दिन ‘छपाक’ को कमाइमा भारी गिरावट, तानाजीको कमाइ राम्रो


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको जीवनीमा आधारित फिल्म ‘छपाक’ ले बक्स अफिसमा कमाइ गर्न सकेको छैन । दीपिका पादुकोण स्टारर यो फिल्मले चार दिनमा जम्मा २१ करोड ३७ लाख भारु कमाइ गरेको छ ।

भारतीय मिडियाका अनुसार ‘छपाक’ ले शुक्रवार ४ करोड ७७ लाख रुपैयाँ बराबरको कमाइ गर्दै ओपनिङ गरेको थियो । फिल्मले सोमबार भने जम्मा २ करोड ३५ लाख भारु कमाइ गरेको छ ।

यता ‘छपाक’ सँगै रिलिज भएको अजय देवगनको फिल्म ‘तान्हाजी’ ले भने चौथो दिनमा ७५ करोड कमाइ गरिसकेको छ । दुवै फिल्मको कमाइ हेर्दा दर्शकले अजयको तान्हाजीलाई मन पराएका छन् ।

फिल्म ‘छपाक’ रिलिजअघि पनि विवादमा तानिएको थियो । बिहेपछि दीपिका यही फिल्मबाट बलिउडमा कमब्याक गरेकी थिइन् । तर, फिल्मलाई दर्शकले पत्याएनन् ।

यता हलमा रिलिज भएको अजयको तान्हाजीले दर्शकको मन जित्न सफल भएको छ । फिल्ममा अजयका अलावा सैफ अली खान, काजोल लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  २ : ०९ बजे

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको