बसमा अश्लील क्रियाकलाप गरेको आरोपमा पक्राउ परेका युवक सार्वजनिक | Khabarhub Khabarhub

बसमा अश्लील क्रियाकलाप गरेको आरोपमा पक्राउ परेका युवक सार्वजनिक


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सार्वजनिक बसमा अश्लील क्रियाकलाप गरेको आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका विकास चोकका २१ वर्षीय रबिन सार्की भन्ने रबिन रुचाल छन् ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले सोमबार चितवनबाट सार्कीलाई नियन्त्रणमा लिएको थियो।

सार्कीको च्याटहरु, फेसबुक पोष्ट र म्यासेजहरुको अनुसन्धान गर्दा उनले नै बसमा अश्लील क्रियाकलाप गरेर भिडिओ अपलोड गरेको देखिएको महाशाखाका एसएसपी सहकुल थापाले बताए।

काठमाडौंमा रिक्सा चालकका रुपमा काम गरेका सार्कीले पैसाका लागि बसमा हस्तमैथुन गरेको भिडिओ बनाएर अपलोड गरेको अनुसन्धानबाट खुल्न आएको उनले बताए।

उनी विरुद्ध प्रहरीमा उजुरी परेपछि भागेर भारत पुगेका थिए । भारतको दिल्ली हुँदै उनी कश्मीरमा पुगेर बसेको पाइएको प्रहरीले जनाएको छ । उनी २ महिना अघि भारतबाट फर्किएर घरमा बस्दै आएका थिए । उनी घरमा रहेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

मुलुकी अपराध संहिताले सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन तथा कसैलाई अश्लील गालीगलौज गर्न निषेध गरेको छ। कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  १२ : ४४ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।