नेपालका लागि नयाँ भारतीय राजदूतमा विनय मोहन चयन | Khabarhub Khabarhub

नेपालका लागि नयाँ भारतीय राजदूतमा विनय मोहन चयन


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि नयाँ भारतीय राजदूतका रुपमा विनय मोहन क्वात्रा चयन भएका छन् ।

यसअघि फ्रान्सका राजदूत रहेका क्वात्रालाई भारतले नेपालका लागि राजदूतका रुपमा पठाउन लागेको हो ।

सन् १९८८ मा उनी कूटनीतिक सेवामा प्रवेश गरेका क्वात्रा यसअघि सन् २०१७ अगस्टसम्म फ्रान्सका लागि भारतीय राजदूत रहेका थिए। उनले भारतीय विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवका रूपमा काम गरिसकेका छन् ।

सन् २०१० मेदेखि सन् २०१३ जुलाइसम्म उनले अमेरिकाको वासिङ्टन डिसीस्थित भारतीय दूतावासमा काम गरेका थिए। उनी भारत र भारतबाहिर विभिन्न कूटनीतिक मिसनमा पनि सहभागी थिए। उनले सार्क सचिवालयमा सन् २००६ देखि २०१० सम्म निर्देशकको रूपमा नेपालमा बसेर काम गरेका थिए ।

नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले आफ्नो कार्यकाल सकाएर स्वदेश फर्किएपछि क्वात्रा नेपालको राजदूतका रुपमा आउने भएका हुन् ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  १२ : ११ बजे

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू