कसलाई हुन्छ उच्च रक्तचापको जोखिम ? यस्ता छन् नियन्त्रणका उपाय | Khabarhub Khabarhub

कसलाई हुन्छ उच्च रक्तचापको जोखिम ? यस्ता छन् नियन्त्रणका उपाय


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुटुले पम्प गर्दा रक्तनलीहरु धमनीमा रगतको प्रवाह हुन्छ । मुटुको अधिक कार्यको कारण रगत बग्ने धमनीहरुमा धेरै तनावका कारण चाप बढ्नु नै उच्च रक्तचाप हो ।

सामान्य रुपमा मानिसको रक्तचाप १२०/८० मीसी एच जी हुने गर्दछ । तर १४०/ ९० मीमी एचजी वा सो भन्दा धेरै भएमा उच्च रक्तचाप मानिन्छ । यदि १ हप्ता भन्दा बढी वा सो भन्दा बढी नियमित रुपमा १४०/९० मीमीएचसी भन्दा बढी भएमा उच्च रक्तचापको बिरामी मानिन्छ ।
उच्च रक्तचापको लक्षण

कहिले काहिँ लक्षणको अभावमा उच्च रक्तचाप पत्ता नलाग्ने हुन्छ । उच्च रक्तचाप पत्ता लगाउन नियमित रुपमा रत्तःचापको मापन गर्नुपर्ने हुन्छ । लक्षणको अभावको कारणले नै यो रोगले घातक रुप लिन्छ ।  तर कतिपय अवस्थामा भने यो रोगको लक्षण देखिन्छ ।

ती लक्षणहरु यस्ता छन्ः

–शीरमा भारीपन हुने,

–टाउको दुख्ने,

– थकान एवं भ्रमको स्थिति आउने,

– आँखा वा दृष्टिमा समस्या हुने,

–मुटु दुख्ने,

– सास फेर्न कठिनाई हुने,

– रिङ्गाटा लाग्ने,

– पिसाबमा रगत आउने,

– छाती, घाँटी एवं कानमा पीडा हुने,

–सन्तुलनमा कमी हुने ।

यस्ता व्यक्तिलाई हुन्छ उच्च रक्तचापको जोखिम

उमेर अनुसार

उमेर बढ्दै गएपछि उच्च रक्तचापको जोखिम बढ्दै जान्छ । त्यसैले पुरुषमा शुरुवातको मध्ययुगमा उच्च रक्ताचाप हुने सम्भावना बढी हुने गर्छ । महिलामा भने महिनावारी पछि उच्च रक्तचाप हुने जोखिम बढी हुन्छ ।

परिवारिक कारण
उच्च रक्तचापको समस्या पहिला परिवारको कुनै सदस्यमा छ भने उसका सन्ततिमा पनि यो समस्या देखिन सक्छ ।

धेरै तौल वा मोटोपना

धेरै तौल तथा मोटोपना भएका मानिसमा तौल अनुसार रक्तचाप पनि बढ्दै जान्छ ।

शारीरिक व्यायामको अभाव
शारीरिक व्यायाम नगर्ने व्यक्तिमा उच्च रक्तचापको जोखिम हुन्छ । किनकी शारीरिक रुपमा निश्क्रिय रहदा मोटोपना हुने जोखिम धेरै हुन्छ जसले रक्तचाप बढ्छ ।

सुर्तीजन्य पदार्थको प्रयोग

सुर्तीजन्य पदार्थ, धुम्रपान, अत्याधिक मध्यपना तथा लागु पदार्थको प्रयोग गर्ने मानिसमा उच्च रक्तचापको समस्या हुन्छ ।

तनाव
तनाव धेरै लिने व्यक्तिलाई उच्च रक्तचापको समस्या हुने सम्भावना अधिक रहन्छ ।

गर्भावस्था
महिलाहरुमा गर्भवती भएको समयमा उच्च रक्तचाप हुने सम्भावना हुन्छ । यस्तै भोजनमा नुन धेरै सोडियमको मात्रा बढी भएको खानाले पनि उच्च रक्तचाप गराउछ । खानामा पोटासियमको मात्रा कम हुँदा पनि उच्च रक्तचापको जोखिम हुन्छ ।

उच्च रक्तचाप नियन्त्रण कसरी गर्ने ?

पहिला देखि नै उच्च रक्तचाप भएका व्यक्तिले उच्च रक्तचापलाई रोक्नुपर्छ । जीवनशैली र खानपानमा ध्यान दिएमा उच्च रक्तचापलाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ । त्यसैले वयस्क हुदादेखि नै उच्च रक्तचापलाई नियन्त्रण गर्नुपर्छ ।  उच्च रक्तचाप नियन्त्रण गर्न यस्तो गर्नुस्

–धेरै वजन हुने व्यक्तिले वजन कम गर्ने उपाय अपनाउने,

– सम्भव भएमा हप्तामा ५ दिन २० मिनेट सम्म नियमित व्यायाम गर्ने,

– धुम्रपान नगर्ने,

– अत्याधिक मद्यपान नगर्ने,

– चिल्लो, नूनिलो र बोसोयुक्त खाना कम खाने,

– फलफूल, सागपात एवं कम वोसो र दुधयुक्त उत्पादन धेरै गर्ने,

– मधुमेहको बिरामीले आफ्नो रगतमा रक्तशर्कराको स्तर नियन्त्रण गर्ने,

– मानसिक तनाव कम गर्न योग, ध्यान र प्राणायाम अभ्यास गर्ने ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  १ : ०५ बजे

क्रोएसियामा मात्रै २५ हजार नेपाली, कन्सुलर कार्यालय नहुँदा अनेकन सास्ती

काठमाडौं- पछिल्लो समय पोर्चुगलपछि छिमेकी मुलुक क्रोएसियामा नेपालीहरूको संख्या बढ्दै

भक्तपुरको कार्पेट कारखानामा आगलागी हुँदा दुई जना घाइते

काठमाडौं– भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट मोडको प्लाई कार्पेट कारखानामा आगलागी

‘रायो’ साग बेचेर लाखौँ कमाइ

गलकोट– गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन् ।

दक्षिणी ब्राजिलमा भीषण वर्षा, ५८ जनाको मृत्यु

काठमाडौं– ब्राजिलको दक्षिणी भागमा भारी वर्षा, बाढी र पहिरोका कारण

सन्दीपबारे रचना रिमाल : दोषी भए सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ

काठमाडौं- आइतबार पनि उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा