राष्ट्र बैंकले भोलि ६ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने | Khabarhub Khabarhub

राष्ट्र बैंकले भोलि ६ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबार ६ अर्ब  रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

केन्द्रीय बैंकका अनुसार ट्रेजरी बिल नवीकरण गर्ने प्रयोजनका लागि सूचना जारी गरिएको हो ।

कूल रु चार अर्बको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी चैत ३ गते परिपक्व हुनेछ । यस्तै रु दुई अर्बको ट्रेजरी बिल भने ३६४ दिने अवधिको रहेको छ ।

सो बिल २०७८ मङ्सिर २८ गते परिपक्व हुनेछ । बैंकले यसअघि मङ्सिर २२ गते रु १७ अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ६ : ३० बजे

सुनकोसी मरिण डाइभर्सनको सुरुङको ब्रेक थ्रू आज 

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

ओलीसँग नेपाल बिच्किँदा सोडारीलाई संकट, बझाङ देखाएर एमालेले अड्कायो विश्वासको मत

काठमाडौं– केन्द्रीय गठबन्धनमा भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा गत वैशाख

न्यायपालिका सुधार अदालतको मात्र विषय होइन : प्रधानन्यायाधीश

काठमाडौं– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको सुधार न्यायालयको मात्र विषय नभएर

पार्टी विभाजनविरुद्ध अदालत जाँदै जसपा नेपाल

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको