संवैधानिक परिषदको बैठकमा पुगेनन् देउवा र सभामुख सापकोटा | Khabarhub Khabarhub

संवैधानिक परिषदको बैठकमा पुगेनन् देउवा र सभामुख सापकोटा


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्‍निप्रसाद सापकोटा पनि अनुपस्थित भएका छन् ।

यसअघि आइतबार बिहान नौ बजेका लागि डाकिएको थियो । परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेस देउवा र सभामुख सापकोटा अनुपस्थित भएपछि गणपुरक संख्या अपुग भएको छ ।

सभापति देउवा सरकारविरुद्ध हुन लागेको आन्दोलनमा सहभागी हुन मकवानपुर पुगेका कारण बैठकमा उपस्थित हुन नसकेका हुन् ।

सभामुख सापकोटाले पूर्वनिर्धारित तालिका अनुसार अन्य कार्यक्रममा सहभागी भएका कारण बैठकमा उपस्थित हुन नसक्ने सन्देश पठाएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई सदस्य अनुपस्थित भएपछि बैठक स्थगित गरिएको छ । प्रतिपक्षी नेता देउवाले पनि बैठकमा नआउने खबर पठाएका थिए ।

बालुवाटारमा बस्‍ने भनिएको बैठकमा सहभागी हुन प्रधानन्यायाशीध चोलेन्द्र शम्शेर राणा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना पुगेका थिए । ६ सदस्यीय संवैधानिक परिषद बैठकमा अध्यक्षसहित ५ जना सदस्य उपस्थि हुनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ४ : ०१ बजे

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी

मस्को – रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला

सन्दीप लामिछानेको मुद्दामा जोडेर चरित्र हत्या गर्न खोजियो : पारस खड्का

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो

इमान्दार बन्न कार्यकर्तालाई ओलीको आग्रह

कपिलवस्तु – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले