पल्सर स्पोर्टस् अवार्ड पुस २८ मा हुने | Khabarhub Khabarhub

पल्सर स्पोर्टस् अवार्ड पुस २८ मा हुने


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले गर्ने बजाज पल्सर स्पोर्टस् अवार्ड पुस २८ गते हुने भएको छ ।

एनएसजेएफले आइतबार पत्रकार सम्मेलन गरी आयोजक अवार्डको मिति सार्वजनिक गरेको हो । स्पोर्ट्स अवार्डको १७ औं संस्करण सेमी फर्चुअल रुपमा गर्ने आयोजकले जनाएको छ ।

कोरोना भाइरसका कारण समयमा आयोजना हुन नसकेको अवार्ड यसपटक पुसमा हुने भएको हो । अघिल्ला वर्षहरुमा स्पोर्ट्स अवार्ड जेष्ठ महिनामा गरिन्थ्यो।

यसवर्ष १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी सम्मानित हुनेछन् । वर्ष उत्कृष्ट महिला/पुरुष खेलाडीदेखि एसियाली खेल पत्रकारसम्म सम्मानित हुने अवार्ड विभिन्न १० विधामा प्रदान गरिनेछ ।

जसमध्ये ४ विधाका विजेताले बजाज पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् । उत्कृष्ट महिला/पुरुष वर्ष खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक र पिपुल्स च्वाइस अवार्डका विजेताले मोटरसाइकल पाउनेछन् भने अन्य विधाका विजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

टाइटल स्पोन्सर बजाजले एनएसजेफलाई समग्रमा ३० लाख हाराहारी उपलब्ध गराउने गरि सम्झौता भएको एनएसजेफका अध्यक्ष दुर्गा सुवेदीले बताए ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ३ : ५५ बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा