जहाजको यात्रा गर्दै हुनुहुन्छ ? भुलेर पनि नगर्नोस् यी गल्ती | Khabarhub Khabarhub

जहाजको यात्रा गर्दै हुनुहुन्छ ? भुलेर पनि नगर्नोस् यी गल्ती


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – के तपाईं जहाजको यात्रा गर्दै हुनुहुन्छ ? त्यसो हो भने यात्राका क्रममा यस्ता गल्ती भुलेर पनि गर्नु हुँदैन ।

यहाँ हामीले जहाजमा यात्रा गर्दा ध्यान दिनुपर्ने केही कुराहरुको बारेमा चर्चा गर्न गइरहेका छौं ।

१. तपाईलाई थाहा छ नेपालमा खुला पहिरन त्यति पच्ने ठाउँ हैन त्यसैले कपडा लगाउँदा छोटा नलगाएकै राम्रो ।

२. प्लेनमा टाइट कपडा नलगाउनु होला किनकी फ्लाइटमा सीट बेल्ट लगाएर घन्टौंसम्म एकै स्थानमा बस्नु पर्ने हुँदा यस्तो अवस्थामा तपाइको रक्तसंचारमा निकै समस्या आउन सक्छ । यसकै कारण तपाईलाई पछिसम्म शारीरिक समस्या झेल्नुपर्ने हुनसक्छ ।

३. प्लेनमा जाँदा धेरै सेन्ट (परफ्युम) नहाल्नुस् । यसले तपाइँ नजिकै बस्नेको स्वासप्रस्वासमा समस्या आउन सक्छ । तपाइँ आफैलाई पनि यसले समस्या नपार्ला भन्न सकिन्न ।

४. प्लेनमा हाई हिल्स नलगाउनुस् । यसले खुट्टा दुख्ने समस्या आउन सक्छ । त्यसमाथि पनि टर्मिनलमा बढी हिड्नुपर्ने भयो भने झनै समस्या हुन्छ ।

५. बाक्लो ज्याकेट नलगाउनु राम्रो हुन्छ । किनकी प्लेनमा तापक्रम परिवर्तन भईरहन सक्छ । बोक्न सहज हुन्छ भने बरु ज्याकेट बोक्दा हुन्छ तर आवश्यक परेको बेलामा मात्र लगाउन सक्नुहुन्छ ।

६. फ्लाइटको समयमा सकेसम्म हावा आउ(जाउ हुने कपडा नै राम्रो हुन्छ । साथै कपडाले सरिरबाट निस्कने म्वैस्चर सोस्ने खालको हुनु राम्रो हुन्छ । कटन, सिल्क वा लिनेन फेब्रिक कपडा लगाउनु राम्रो हुन्छ ।

७. खुट्टामा मोजा वा स्कटिंग नलगाउनु राम्रो हुन्छ । बिशेष गरि प्रेग्नेन्ट महिलाहरुले यो कुरा ख्याल गर्नुपर्छ । यसको कारण ब्लड सर्कुलेशन अझै रोकिन सक्छ ।

८. प्लेनमा पाईजामा नलगाउनुस, यो जति लगाउन सहज भएपनि यो घरकै लागि हो । यदी रातको समयको फ्लाईट छ र फ्लाइटमै सुत्नुपर्ने छ भने मात्र पाईजामा लगाऊनुस तर घुम्दा नलगाएकै राम्रो ।

९. केहि मानिसहरु प्लेनमा मोजा फुकालेर बस्छन तर तपाइको मोजा गनाउने छ भने भुलेर पनि त्यसो नगर्नुस । यसको कारण तपाइलाई अरुले घृणा गर्छन ।

१०. प्लेन भित्र हावा ड्राई हुन्छ । ह्युमिडीटी पनि १०.२० प्रतिशत बढी हुन्छ । यसैले चस्मा लगाउनु राम्रो हुन्छ । – एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ५ : १५ बजे

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं– रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर

आजको मौसम : चट्याङ-हावाहुरीसहित वर्षा 

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

लखनउविरुद्ध १६ बलमा टेभिस हेडको अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ।