बिग्रने अवस्थामा पुगेका तरकारी, फलफूल, साग र दूध के गर्ने ? | Khabarhub Khabarhub

बिग्रने अवस्थामा पुगेका तरकारी, फलफूल, साग र दूध के गर्ने ?


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामी नेपालीको बानि छ, सस्तोमा पाए धेरै सामान एकै पटक किन्ने । यो बानी प्राय तरकारी, फलफूलहरुमा लागु हुन्छ । यस्तोमा ती सामाग्री चाँडै कुहिएर जाने गर्दछन् । यस्तो हुनबाट कसरी बचाउने त ?

तरकारी वा फलफूल भण्डारण गरेर खानु वा वासी खानु राम्रो हुदैँन । यी सामाग्री जतिसक्दो ताजा नै खानु राम्रो मानिन्छ । तर किनेर ल्याइसकेका तरकारी फलफूल बिग्रन लागे के गर्ने त ?

गोलभेडा के गर्ने ?
भान्सामा दिनहुँ प्रयोग गर्ने गोलभेडा भण्डारणमा नै कुहिन थाल्यो भने त्यसलाई फ्याक्नु भन्दा गोलभेडाको सुप बनाएर पिउन सकिन्छ । वा अचाँर पकाएर अझ केहि दिन खानयोग्य बनाउन सकिन्छ ।

तरकारी/फलफूल के गर्ने ?
आवश्यक्ता भन्दा बढी खरिद गरीएको तरकारी/फलफूल कुहिने अवस्थामा पुग्यो भने फ्रिजको सबैभन्दा मुनिको भाग अर्थात क्रिस्परमा प्लाष्टिक बन्द गरेर राखे थप केहि दिन भण्डार हुन सक्छ । तर सकेसम्म तरकारी/फलफूललाई ताजा नै सेवन गर्नु राम्रो हुन्छ ।

साग के गर्ने ?
यदि भण्डारण गरेको सगसब्जी विग्रने अवस्था आयो भने त्यसलाई पनि फरक विधीबाट प्रयोग गर्न सकिन्छ । जस्तो साग बासी भयो भने त्यसलाई घाममा ओइलाएर बोत्तलमा खदिलो बनाउने । पछि त्यसको अमिलो गन्ध आउन थालेपछि पुन घाममा सुकाएर गुन्द्रक बनाउन सकिन्छ । मुला, गाँजरलाई अचार बनाउन सकिन्छ ।

दुध के गर्ने ?
यदि दुध वासी भयो वा खेर जाने भयो भने त्यसलाई दहि जमाउने वा खिर बनाएर खान सकिन्छ । नत्र कागतीको रस राखेर दूध फटाएर पनिर बनाउन सकिन्छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ११ : ३२ बजे

‘खुजरे ब्रो’ हेरेर नीतिका बुबा आमाले के भने ?

काठमाडौं– मोडल नीति शाह डेब्यू फिल्म ‘खुजरे ब्रो’को प्रिमियर अघि हँसिलो मुद्रामा

मुग्लिन–पोखरा सडक : १३ वटा पक्की पुल निर्माण

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम खण्डमा पुल निर्माण

चट्याङ लागेर एक महिलाको मृत्यु

नवलपरासी– पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ

जापानको सहयोगमा विद्यालय भवन निर्माण

गोरखा– सहिद लखन गाउँपालिका–८ बुंकटस्थित रामेश्वरी माध्यामिक विद्यालयको चारकोठे पक्की

अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ

काठमाडौं– अभिनेता सलोन बस्नेत र उनकी श्रीमती करिश्मा केसीलाई पुत्री