मेगा बैंकको नाफा पहिलो त्रैमासमा नै ३८ प्रतिशतले वृद्धि | Khabarhub Khabarhub

मेगा बैंकको नाफा पहिलो त्रैमासमा नै ३८ प्रतिशतले वृद्धि


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मेगा बैंकको नाफा चालु आवको पहिलो त्रैमासमा नै ३८ प्रतिशतले वृद्धि भएको छ ।

पहिलो त्रैमासमा बैंकले ६० करोड ७९ लाख खुद नाफा कमाएको छ । यो रकम गत आवको सोही अवधीको भन्दा ३८.९७ प्रतिशतले बढी हो । बैंकले गत वर्षको पहिलो त्रैमासमा ४३ करोड ७४ लाखमात्रै नाफा कमाएको थियो ।

बैंकको वितरण योग्य मुनाफा ५ करोड ५६ लाख रहेको छ । बैंकको खुद ब्याज आम्दानी बढाउँदा नाफा पनि बढेको हो । बैंकले ३ महिनामा १ अर्ब ३३ करोड खुद ब्याज आम्दानी गर्न सफल भएको छ ।

मेगा बैंकले निक्षेप भने झण्डै २ अर्वले बढाएको छ । १ खर्ब २७ अर्ब ८९ करोडबाट बढेर १ खर्ब २९ अर्ब ६१ करोड पुर्‍याएको छ । त्यस्तै कर्जामा पनि ७ अर्व बढाएको छ । कर्जा १ खर्ब १० अर्बबाट बढेर १ खर्ब १७ अर्ब ६९ करोड पुगेको छ ।

१३ अर्ब १३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ९९ करोड राख्न सफल भएको छ । प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४८ पैसाबाट बढेर १८ रुपैयाँ २१ पैसा पुगेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  १२ : २५ बजे

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार