बैतडी दुर्घटना अपडेट : मृतक नौमध्ये तीन जनाको सनाखत | Khabarhub Khabarhub

बैतडी दुर्घटना अपडेट : मृतक नौमध्ये तीन जनाको सनाखत


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा मृत्यु भएका नौ जनामध्ये तीन जनाको सनाखत भएको छ ।

दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार मृतकहरुमध्ये बैतडीको दोगडाकेदार–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार–६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर र कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया किर्तिका कार्कीको सनाखत भएको छ ।

मृतक चन्द र ऐरको घटनास्थलमै मृत्यु भएको हो भने कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

अन्य छ मृतकको पहिचान हुन सकेको छैन । उनीहरुको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

उक्त दुर्घटनामा परी घाइते भएका ३४ मध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो । क्षमताभन्दा बढी यात्रु बोकेको बसका चालक निदाएकाले दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ९ : ०६ बजे

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

चितवन– चितवनको ईच्छाकामना गाउँपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब

गोरखकाली रबर उद्योग सञ्चालन गर्न माग

गण्डकी– नौ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालन

जापानकी विदेशमन्त्री योको आइतबार काठमाडौं आउने

काठमाडौं– जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने नेपाल भ्रमणमा आउने

‘पैसा कमाउन पो दयाहाङको बा बन्न सकिएन’

काठमाडौं– उमेरले ६१ छिचोल्दै गर्दा वरिष्ठ कलाकार एवं रंगकर्मी पुस्कर

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

सिराहा– कल्याणपुर नगरपालिका-९ डुमरीस्थित सडकमा कल्याणपुरबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश २-०१-००४ प