कर्णाली प्रदेशमा नेकपाका दुवै पक्षले बोलाए संसदीय दलको बेग्ला बेग्लै बैठक | Khabarhub Khabarhub

कर्णाली प्रदेशमा नेकपाका दुवै पक्षले बोलाए संसदीय दलको बेग्ला बेग्लै बैठक


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टीका सांसद्हरूले अविश्वासको प्रस्ताव ल्याएपछि नेकपाभित्रको आन्तरिक विवाद बढेको छ ।

आन्तरिक विवाद बढेपछि तत्कालीन प्रमुख सचेतक र नयाँ प्रमुख सचेतक दुवै जनाले संसदीय दलको बैठक बोलाएका छन् । दलका नेताविरुद्ध सत्तापक्षकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेसँगै दलको बैठक पनि दुवै पक्षले छुट्टाछुट्टै बोलाएका हुन् ।

प्रमुख सचेतक गुलाबजंग शाहले १ बजे संसदीय दलको बैठक बोलाएका छन् । तर मुख्यमन्त्री शाहीले उनलाई जिम्मेवारीबाट हटाउँदै सीता नेपालीलाई प्रमुख सचेतक नियुक्त गरेका छन् ।

प्रमुख सचेतक नियुक्त भएपछि नेपालीले पनि मंगलबारकै लागि संसदीय दलको बैठक बोलाएकी छिन् । अविश्वासको प्रस्ताव ल्याउने सांसदहरूले भने शाहकै अध्यक्षतामा बैठक बस्ने र निर्णय गरिने बताउँदै आएका छन् ।

गत आइतबार नेकपाका ३३ जना सांसदमध्ये १८ जनाले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

कर्णाली प्रदेशमा तत्कालीन नेकपा एमालेका एमालेका २०, तत्कालीन माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका १ गरी ४० जना सांसद छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  १ : २८ बजे

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि