सिन्धुपाल्चोक पहिरो : मृतक ११ को सनाखत, २० अझै बेपत्ता | Khabarhub Khabarhub

सिन्धुपाल्चोक पहिरो : मृतक ११ को सनाखत, २० अझै बेपत्ता


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको बाह्रबिसे–७ घुम्थाङमा पहिरोमा पुरिएर ज्यान गुमाएका ११ जनाको सनाखत भएको छ । २० अझै बेपत्ता छन् ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेले मृतक सबैको सनाखत भएको जानकारी दिए ।

नागपुजे र भीरखर्कको पहिरोमा ज्यान गुमाउनेमा ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीया ट्याक्सी शेर्पा, २३ वर्षकी जुनु विक, २४ वर्षका शुकलाल विक, ८ वर्षका सन्देश विक, ६० वर्षीया सर्किनी नेवार र ६५ वर्षका धनलाल विक रहेका छन् ।

त्यसैगरी पहिरोमा पुरिएर ६० वर्षीया हिरामाया नेवार, ४२ वर्षकी ज्ञानीमाया प्रधान, २५ वर्षका कर्णबहादुर श्रेष्ठ र ५ वर्षकी सरस्वती विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।  पहिरोमा बेपत्ता भएका ३१ मध्ये २० जनाको खोजी जारी रहेको छ ।

पहिरोबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरी निरीक्षक न्यौपानले जानकारी दिए ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ९ : ०६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र