कमलादी नक्कली सुन प्रकरण : जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी बाराबाट पक्राउ | Khabarhub Khabarhub

कमलादी नक्कली सुन प्रकरण : जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी बाराबाट पक्राउ


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरीले नक्कली नोट कारोबारी इल्ताफ हुसेन अन्सारीलाई बाराबाट पक्राउ गरेको छ ।

१५ किलो सुनचाँदी प्रकरणमासमेत मुछिएका अन्सारीलाई बाराको निजगढबाट पक्राउ गरिएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख, डीआईजी धिरजप्रताप सिंहले खबरहबलाई जानकारी दिए ।

‘अन्सारीलाई आज बिहान निजगढबाट जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो,’ सिंहले भने, ‘अनुसन्धान जारी रहेकाले विस्तृत विवरण पछि खुलाउँछौँ ।’

गत साउन १३ गते प्रहरीले कमलादीमा फेला पारेको १५ किलो नक्कली सुन प्रकरणमा हुसेनलाई  प्रहरीले बाराको निजगढबाट पक्राउ गरेको हो ।

युनुस अन्सारीसंग साझेदारी गरेका हुसेन २०७२ जेठ ३० गते भारतीय नक्कली नोटको कारोबारमा ललितपुरबाट पक्राउ परेका थिए।

जिल्ला अदालत ललिपुरले जाली नोट कारोबारमा दोषी ठहर गर्दै २०६७ जेठमा तीन वर्ष कैद र २ करोड ६१ लाख रुपैंया विगो जरिवाना गराएको थियो।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ९ : २५ बजे

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको