आज थपिए १४४ कोरोना संक्रमित (जिल्लागत विवरणसहित) | Khabarhub Khabarhub

आज थपिए १४४ कोरोना संक्रमित (जिल्लागत विवरणसहित)


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा सोमबार थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

२४ घण्टामा ५ हजार ८५६ जनाको पीसीआर परीक्षण भएको छ ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ४ जना, मोरङका एकजना र सुनसरीका एकजना, जगेन्द्रनारायणसिंह अस्पतालमा गरिएको परीक्षणमा सप्तरीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ११ जना र महोत्तरीका ४ जना, नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा धनुषाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका २ जना र कपिलवस्तुका ८ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका ५ जना, काभ्रेका एकजना, कैलालीका एकजना, म्याग्दीका एकजना र दोलखाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरका एकजना रौतहटका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा सिन्धुलीका एकजनामा कोरोना पुष्टि भएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका एकजना र बाग्लुङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रोदेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा म्याग्दीका एकजना, पर्वतका एकजना,स्याङ्जाका एकजना र तनहुँका २ जना संक्रमित भएका छन् । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका एकजना, भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बर्दियाका २ जना र दाङका २ जना, चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा रुकुम पश्चिमका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा बाँकेका एकजना, दैलेखका २ जना, जाजरकोटका एकजना र सुर्खेतका ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका २ जना बैतडीका २ जना, सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा अछामका १ जना र कैलालीका १० जना संक्रमित भएका छन् ।

डा गौतमका अनुसार नेपालमा हालसम्म  १६ हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रिय संक्रमितहरु ६ हजार ६१३ रहेका छन् ।

एकैदिन १ हजार ७०५ डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप १ हजार ७०५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १० हजार २९४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ४ : ४४ बजे

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो, १०५ आगलागीका घटना

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका