कोरोना संक्रमण फैलदै गएपछि दक्षिण अफ्रिकामा फेरि कर्फ्यू, मदिरा प्रतिबन्ध | Khabarhub Khabarhub

कोरोना संक्रमण फैलदै गएपछि दक्षिण अफ्रिकामा फेरि कर्फ्यू, मदिरा प्रतिबन्ध


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि दक्षिण अफ्रिकामा फेरि कर्फ्यू लगाइएको छ भने मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

राष्ट्रपति सिरिल सामाफोसाले मदिरामाथि लगाइएको प्रतिबन्धले देशको स्वास्थ्य प्रणालीमा चाप कम गर्ने बताएका छन् ।

दक्षिण अफ्रिकामा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिने प्रयासका लागि सहयोगी हुने भन्दै यसअघि पनि रक्सीको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको थियो ।

कोरोना संक्रमणबाट ४ हजारभन्दा बढीको मृत्यु तथा २ लाख ७६ हजारभन्दा बढी संक्रमित पुगेपछि दक्षिण अफ्रिकाले रातको समयमा कर्फ्यू पनि सुरू गरेको छ ।

यस्तै घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम पनि कार्यान्वयनमा ल्याएको छ ।

 

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ८ : ३६ बजे

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार