इंग्ल्याण्डविरूद्धको पहिलो टेष्टमा वेष्ट इण्डिज ४ विकेटले विजयी | Khabarhub Khabarhub

इंग्ल्याण्डविरूद्धको पहिलो टेष्टमा वेष्ट इण्डिज ४ विकेटले विजयी


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना संक्रमणपछि सुरु भएको अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो सिरिजअन्तर्गत पहिलो टेष्टमा घरेलु टोली इंग्ल्यान्ड ४ विकेटले पराजित भएको छ ।

साउथह्याप्टनमा पाँचौ तथा अन्तिम दिन २ सय रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ६४.२ ओभरमा ६ विकेटको क्षतिमा उक्त पूरा गर्‍यो ।

वेस्ट इन्डिजका जेर्मेन ब्ल्याकउडले उत्कृष्ट ब्याटिङ गर्दै जीत पक्का गराए । ६०.४ ओभरमा बेन स्टोक्सले जेम्स एन्डरसनबाट क्याच आउट भएका उनी टेष्ट करिअरको दोस्रो शतक पूरा गर्न मात्र पाँच रनले चुके । उनले १ सय ५४ बलमा १२ चौका सहित महत्वपूर्ण ९५ रन जोड्दै टोलीको जीत सहज बनाए ।

कप्तान जेसन होल्डर १४ रनमा अविजित रहे । वेस्ट इन्डिजको सुरुवात भने राम्रो हुन सकेन । ओपनर क्रेग ब्रेथवेटलाई जोफ्रा आर्चरले ४ रनमा बोल्ड आउट गरे । शम्राह बूक्सलाई आर्चरलेनै शून्यमा एलबीडब्ल्यु आउट गरे ।

जोन क्याम्पबेल १ रनमा रिटायर्ट हर्ट आउट भए । शाई होपलाई मार्क उडले ९ रनमा बोल्ड आउट गरे । रोस्टन चेस ३७ र शेन डोरीच २० रनमा आउट भए । इंग्ल्यान्डका जोफ्रा आर्चरले ३, बेन स्टोक्सले २ र मार्क उडले १ विकेट लिए ।

त्यसअघि इंग्ल्यान्ड दोस्रो इनिङमा १११.२ ओभरमा ३ सय १३ रनमा अल आउट भएको थियो । वेस्ट इन्डिजले पहिलो इनिङमा १ सय १४ रनले अग्रता लिएकाले समग्रमा २ सय रनको लक्ष्य पाएको थियो ।

संघर्षपूर्ण सुरुवातले इंग्ल्यान्डका शीर्षक्रम समालिए पनि तल्लोक्रमका ब्याट्सम्यान भने समालिन सकेनन् । ३६.१ ओभरमा रोरी बर्न्स ४२ रनमा क्याच आउट हुनुअघि डोम सिब्लेसँग मिलेर पहिलो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए ।

कप्तान बेन स्टोक्स र युवा ब्याट्सम्यान ज्याक क्रलीले ९८ रनको साझेदारी गदैं राम्रो योगफलको आशा देखाएका थिए । तर स्टोक्सलाई कप्तान जेसन होल्डरले शाई होपबाट ४६ रनमा क्याच गराएपछि इंग्ल्यान्ड समालिन सकेन ।

क्रलीले १ सय २७ बलमा ८ चौका सहित सर्वाधिक ७६ रनको योगदान दिए । आफ्नो टेष्ट करिअरकै उच्च प्रदर्शन गरेका क्रलीलाई अल्जारी जोशेफले कट एण्ड बोल्ड आउट गर्दै पेभिलिएन फर्काए ।

यो जीतसँगै पाहुना टोली वेस्ट इन्डिजले तीन टेष्ट सिरिजमा १-० को अग्रता कायम गरेको छ । दोस्रो टेष्ट जुलाई १६ देखि २० सम्म म्यानचेस्टरमा हुने छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ५ : ४३ बजे

भोजपुरका विद्यालयमा ‘इ-लर्निङ सेन्टर’

टक्सार– सूचना प्रविधिमा अभ्यस्त बनाउँदै विद्यार्थीलाई पठनपाठन गराउने उद्देश्यले भोजपुरका

पुरुषभन्दा धेरै बाँच्छन् महिला, ३० वर्षमा साढे २१ वर्षले थपियो नेपालीको आयु

काठमाडौं- राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ को राष्ट्रिय जनगणनाका तथ्याङ्क र

पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र स्थापना गरौँ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा पूर्वीयदर्शनमा आधारित

वैशाख २६ अगाडि एमालेले सोडारीलाई विश्वासको मत नदिने

काठमाडौं–सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले वैशाख २६ गतेअगाडि विश्वासको

साताको पहिलो दिन नेप्से २४.५८ अंकले घट्यो 

काठमाडौं– साताको पहिलो काराेबार दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) २४.५८