अनौठा ५ जीव | Khabarhub Khabarhub

अनौठा ५ जीव


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पृथ्वीमा कैयौं प्रकारका जीवजन्तुहरु छन् । मानिसका आसपास भएका केहि जीवजन्तु अनौठो नदेखिएपनि केहि जीव भने अनौठो र आश्चर्यजनक देखिन्छन् ।

अझ केहि जीवहरु त यति धेरै अनौठा छन् कि जसलाई देख्नेले यहि धर्तीको हो कि अन्य ग्रहबाट आएका हुन्, छुट्याउन पनि सक्दैनन् । आज हामी पृथ्वी मै रहेका केहि यस्तै जनावारका बारेमा चर्चा गर्दैछौ ।

१. सैगा एंटीलोप

सैगा एंटीलोप नामक यस जीव झट्ट हेर्दा कुनै हरिण झै देखिन्छ । तर यसको लामो बेढगंको नाकले यसलाई हरिणभन्दा खास र अनौठो बनाएको छ । सैगा एंटीलोप रूस र कजाकिस्तान जस्ता देशमा पाइन्छ ।

२. लैम्प्र
लैम्प्र नामक माछा आर्कटिक महासागरमा पाइन्छ । यो माछा झै देखिन्छ । देख्दै डरलाग्दो यस माछा आफ्नो तिखा दाँत, गोलाकार मुख र लामो जीब्रोका कारण अरुभन्दा अनौठो देखिन्छ ।

३. पिंक फेयरी आर्माडिलो
बहिरबाट झट्ट हेर्दा कुनै मुसा झै देखिने पिंक फेयरी आर्माडिलो नामक यस जीवको माथिल्लो भागमा एक अलग छाला झै सतह हुने गर्दछ । यसल जीव तिव्र रुपमा माटो खन्ने गर्दछ ।

४. स्टार नोज मोल
स्टार नोज मोल नामक यस जीवको मुखमा बनेको अनौठो नाक झण्डै तारा झै देखिन्छ । त्यसैले पनि यसको नाम स्टार नोज रहन गएको हो । यहि अनौठो नाकका कारण यो जीव अत्यन्त कम अक्सीजन भएको स्थानमा पनि जीवित रहन सक्छ ।

५. नेकेड मोल रैट
नेकेड मोल रैट नामक पूर्वी अफ्रीकामा पाउने एक प्रकारको मुसाको बाहिर आवरण निकै अनौठो हुन्छ । यो जीव बाहिरी छाला निकालिएको झै देखिने गर्दछ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  १० : ०३ बजे

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको