मोनालीको ३ बर्षअघि नै यसरी भएको थियो गोप्य विवाह | Khabarhub Khabarhub

मोनालीको ३ बर्षअघि नै यसरी भएको थियो गोप्य विवाह


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडकी चर्चित गायिका मोनाली ठाकुरलाई ब्युटि विथ भ्वाइस समेत भनिन्छ । सवाँर लू, तूने मारी एन्ट्रिया, मोह मोहके धागे लगायतका कैयौं बलिउडका चर्चित गीतमा उनले आवाज दिइसकेकी छिन् । यी कोकिलकण्ठि गायिका स्वर जतिकै सुन्दर छिन् ।

उनको सुन्दरतामा लाखौ फ्यानहरु मन्त्र मुग्ध छन् । कतिले त उनीसँग विवाहको सपना समेत देखेका छन् । तर उनीसँग प्रेम वा विवाहको सपना देख्नेहरुको भने मोनालीले चित्त दुखाएकि छिन् ।

लामो समय मिडियाबाट टाढा रहेकी मोनाली ठाकुरले शुक्रबार आफ्नो विवाह भइसकेको जानकारी दिइन । उनले ब्वाईफ्रेण्ड माइक रिचरसँग तीन वर्ष अघि विवाह भएको बताइन ।

मोनालीका अनुसार यो विवाह गुप्त तरिकाबाट भएको थियो । यसबारे उनका नजिकका साथीलाई पनि थाहा छैन ।

सन् २०१६ मा आइफा अवार्डका लागी स्विजरलैण्ड जादाँ माइकसँग भेट भएको त्यस पश्चात प्रेममा परेको मोनाली बताइन ।

क्रिसमसको अवसरमा माइकले प्रपोज स्विकारेकी मोनालीले मुम्बईमा विाह भएको बताएकी छिन् । माइक स्विजरलैण्डमा आफ्नो बिजनेस रहेको छ ।

भारतको रियालीटि शो इण्डियन आइडलबाट करियरको शुरुआत गरेकी मोनाली ठाकुर राइजिंग स्टार शोको निर्णायक पनि बनेकी थिइन ।

हालसालै मोनाली ठाकुर र माइकको पहिलो म्युजिक भिडियो दिलका फितुर रिलिजभएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ११ : ४५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड