सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली दार्चुलाको व्यास प्रस्थान | Khabarhub Khabarhub

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली दार्चुलाको व्यास प्रस्थान


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले अतिक्रमण गरेको लिपुलेक लगायतको नेपाली भू-भागको सीमा सुरक्षाका लागि सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली व्यास प्रस्थान गरेको छ ।

दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङ्गरुमा सीमा निगरानी पोष्ट  (बीओपी) स्थापनाका लागि सदरमुकाममा रहेको सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्मबाट सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली सेनाको हेलिकप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेको हो ।

उक्त क्षेत्रको थप विश्लेषणपछि बीओपीमा रहने सशस्त्र प्रहरीको संख्या थपगढ हुन सक्ने सशस्त्र प्रहरीका प्रवक्ता (डीआइजी) प्रविण कुमार श्रेष्ठले जानकारी दिए ।

भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरेपछि नेपाल सरकारले त्यस क्षेत्रको निगरानी तथा सुरक्षाका लागि सशस्त्रको टोली पठाएको हो ।

उक्त स्थानमा चौकी स्थापना भएपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी संख्या १२१ वटा पुग्ने श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ११ : ०१ बजे

‘रायो’ साग बेचेर लाखौँ कमाइ

गलकोट– गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन् ।

दक्षिणी ब्राजिलमा भीषण वर्षा, ५८ जनाको मृत्यु

काठमाडौं– ब्राजिलको दक्षिणी भागमा भारी वर्षा, बाढी र पहिरोका कारण

सन्दीपबारे रचना रिमाल : दोषी भए सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ

काठमाडौं- आइतबार पनि उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा

यो हो मोबाइलको ब्याट्री चार्ज गर्ने सही तरिका

काठमाडौं–  पछिल्लाे समय अत्याधुनिक प्रविधि तथा अनगिन्ती फिचरहरु थपिँदै जाँदा

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार