फिफा यू १७ महिला विश्वकपको नयाँ मिति तय | Khabarhub Khabarhub

फिफा यू १७ महिला विश्वकपको नयाँ मिति तय


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – फिफा यू १७ महिला विश्वकपको नयाँ मिति तय भएको छ । भारतमा यहिँ वर्षको अत्यतिर हुने तय भएको प्रतियोगिता कोरोना भाइरसका कारण एक वर्ष पछि धकेलिएको हो ।

फिफाले मंगलबार बेलुका उमेर समुहको महिला विश्वकपको नयाँ मिति२०२१ फ्रेब्रुअरी १७ देखि मार्च ७ सम्म हुने भएको छ ।

यसअघि यो प्रतियोगिता भारतमै २०२० नोभेम्बर २ देखि २१ सम्म हुनेतय भएको थियो । प्रतियोगिताको मिति सरेपनि खेलका मापदण्ड यसअघिकै अनुसार हुने पनि फिफाले स्वष्ट पारेको छ ।

फिफाले कोरोना भाइरसका कारण यो वर्ष हुने तय भएका अधिकाशं प्रतियोगिताहरु पछि धेकीसकेको छ । महिला विश्वकपका लागि एसियाबाट जापान र उत्तर कोरिया छनोट भएका छन् भने भारत विश्वकप आयोजकको हिसाबमा सोझै छनोट भएको हो ।

विश्वकप खेल्ने खेलाडी जनवरी १ २००५ देखि डिसेम्बर २००५ भित्र जन्मिएको हुनु पर्ने फिफाको नियम छ । विश्वकपका खेल भारतका ५ शहरमा हुनेछन् । अहम्दाबाद, नयाँ मुम्बई, भुवनेश्वर, गुवाहाटी र कोलकातामा विश्वकपका खेल हुनेछन् । अहिले उक्त पाँचवटै रंगशालाको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ९ : ३६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र