मलेसियाको क्वारेन्टाइनमा राखिएका १३ सयभन्दा बढी आप्रवासी पक्राउ | Khabarhub Khabarhub

मलेसियाको क्वारेन्टाइनमा राखिएका १३ सयभन्दा बढी आप्रवासी पक्राउ


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका सम्भावित संक्रमित ठानिएका १३ सयभन्दा बढी आप्रवासी कामदारलाई मेलेसिया प्रहरीले पक्राउ गरेको छ ।

मलेसिया सेलायाङ बजारबाट ९८ बालबालिकासहित १ हजार ३ सय ६८ जना अवैध आप्रवासी कामदालाई पक्राउ गरिएको हो ।

केही साताअघि सेलायाङ बजारमा कोरोना संक्रमित भेटिएपछि त्यहाँ घेराबन्दी गरेर विदेशी नागरिक लगायत स्थानीयवासीको पनि कोरोना जाँच गरिएको थियो ।

उक्त परीक्षणमा संक्रमण देखिएकालाई अस्पताल भर्ना गरिए पनि बाँकीलाई क्वारेन्टाइनमा राखिएको थियो ।

पक्राउ पर्नेमा म्यानमारका नागरिक ७ सय ९०,  इन्डोनेसियाली ४ सय २१ , बंगलादेशी ७८, भारतीय ५४ र पाकिस्तानी ६ जना रहेका छन ।

उनीहरूलाई मलेसियन अध्यागमन कानुन अनुसार कारवाही गरिने मलेसियन अध्यागमन विभागका महानिर्देशक खैरुल डिजाइम दाउडले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ७ : २० बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७