अफगान सरकारद्वारा थप ३६१ तालिबान बन्दी रिहा | Khabarhub Khabarhub

अफगान सरकारद्वारा थप ३६१ तालिबान बन्दी रिहा


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तान सरकारले पछिल्लो पटक १६१ जना तालिबानी बन्दीहरुलाई कैदमुक्त गरेको अफगान एक सरकारी प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जाविद फैजलले राष्ट्रपतिको आदेशमा मुक्त गरिएका सबै कैदीहरु बाघ्राम कारागारका रहेको बताए ।

उनले राष्ट्रपतिको आदेशबाट अरु कैदीबन्दी पनि रिहाई हुने क्रममा रहेको बताए । प्रवक्ता फैजलले मुलुकको शान्ति प्रक्रियालाई थप विश्वसनीय बनाउने प्रयत्न स्वरुप सरकारका तर्फबाट गरिएको एक कार्य रहेको बताए ।

यसअघि अप्रिल ८ मा १०० जना तथा गत बिहीबार अरु १०० जना तालिबानी कैदीबन्दीलाई मुक्त गरिएको थियो । सरकारले आगामी दुई साताभित्रै एक हजार ५०० तालिबान लडाकूलाई जेलमुक्त गर्ने जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ३ : ३७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र