यस्ती थिइन बाल्यावस्थामा विश्वप्रसिद्ध सुपरस्टार किम कार्दशियन | Khabarhub Khabarhub

यस्ती थिइन बाल्यावस्थामा विश्वप्रसिद्ध सुपरस्टार किम कार्दशियन


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सबै त्रासमा छन् । विश्वका अधिकांश मुलुक लकडाउन हुँदा सबै मानिस घरभित्रै छन् ।

उनीहरुले आफ्ना पुराना तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक गर्दै बाल्यावस्थालाई स्मरण गरिरहेका छन् ।कोरोनाभाइरसको महामारीका कारण आम नागरिकसँगै विश्वप्रसिद्ध सुपरस्टार पनि घर बाहिर निस्किन पाएका छैनन् ।

विभिन्न कार्यक्रमका लागि विश्वभर घुमिरहने सुपरस्टारहरुले अहिले घरमै बस्नुपर्दा आफ्ना सोख र फिटनेसमा ध्यान दिइरहेका छन् ।

हालै रियालिटी टिभी स्टार किम कार्दशियनले पनि आफ्नो एक थ्रोब्याक तस्वीर शेयर गरेकी छिन् । यो तस्वीर फ्यानहरुमाझ निकै लोकप्रिय भइरहेको छ ।

फोटोको क्याप्सनमा किमले यो आफूले ७ कक्षामा पढ्दाको फोटो भएको बताएकी छिन् । यसअघि किमले कोरोनाभाइरसका कारण घरमै बस्दाको अनुभव पनि शेयर गरेकी थिइन् ।

उनले लकडाउनका कारण घर परिवारलाई समय दिन पाएकोमा खुशी व्यक्त गरेकी छिन् । तर कोरोनाको त्रास जारी रहेका कारण सबैलाई सचेत रहन समेत आग्रह गरेकी छिन ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ८ : ५६ बजे

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा