पहिलो हप्ता 'बागी ३' को कमाइ कति ? | Khabarhub Khabarhub

पहिलो हप्ता ‘बागी ३’ को कमाइ कति ?


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टाइगर श्राफ, रितेश देशमुख र श्रद्धा कपूरको शीर्ष भूमिका रहेको फिल्म ‘बागी ३’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ ।

कोरोना भाइरसका कारण नयाँ फिल्म प्रदर्शन स्थगित भइरहेका बेला टाइगर श्राफको ‘बागी ३’ ले भने राम्रो कमाइ गरेको हो । यतिबेला अन्य ठूला फिल्म कोरोना भाइरसका कारण प्रदर्शनमा आएका छैनन् । यसको फाइदा पनि यो फिल्मलाई पुगेको छ ।

फिल्म दोस्रो हप्तामा प्रदर्शनमा आएसँगै सय करोडको आँकडा छुने धेरैले अनुमान गरेका छन् ।

फिलमले पहिलो हप्ता ९० करोड ७० लाख कमाइ गरेको छ । बलिउड एनालिस्ट तरण आदर्शले फिल्मको पछिल्लो कमाइ सार्वजनिक गरेका छन् ।

फिल्मले रिलिजको दिन १७ करोड ५० लाख, दोस्रो दिन १६ करोड ३ लाख र तेस्रो दिन २० करोड ३० लाख कमाइ गरेको भारतीय मिडियाले जनाएका छन् ।

फिल्ममा रोनी र भाइ विक्रमको कहानी छ । कहानीका अनुसार रोनी विक्रमभन्दा उमेरले कान्छा छन् तर विक्रमका साथ छन् । विक्रम समस्यामा परेपछि रोनीले उठाउने जोखिम नै फिल्मको कहानी हो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ४ : ५६ बजे

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको