प्रधानमन्त्री ओली आज अस्पतालबाट डिस्चार्ज हुँदै | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली आज अस्पतालबाट डिस्चार्ज हुँदै


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको आज डिस्चार्ज हुने भएको छ ।

१० दिनअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीलाई आज त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गर्न लागिएको अस्पतालका निर्देशक डाक्टर प्रेमकृष्ण खड्गाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भाञ्जी समीक्षा संग्रौलाले मिर्गौला दान दिएकी थिइन् । संग्रौला भने बुधवार नै डिस्चार्ज भएकी थिइन् ।

प्रधानमन्त्री ओली फागुन १९ गते अस्पताल भर्ना भएका थिए भने २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

१२ वर्ष अघि प्रधानमन्त्री ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ४ : ४० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम