राष्ट्रिय आविष्कार केन्द्रलाई इलामेली समाज दक्षिण कोरियाको आर्थिक सहयोग | Khabarhub Khabarhub

राष्ट्रिय आविष्कार केन्द्रलाई इलामेली समाज दक्षिण कोरियाको आर्थिक सहयोग


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । वैज्ञानिक महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रका लागि इलामेली समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ ।

रोजगारीका लागि दक्षिण कोरियामा रहेका इलामका युवाहरुले गठन गरेको संस्था इलामेली समाज दक्षिण कोरियाले समाजका सदस्यहरुबाट संकलन गरेको १ लाख १५ हजार रुपैयाँ शुक्रबार हस्तानान्तरण गरिएको हो ।

समाजका अध्यक्ष केदार निरौला र उपाध्यक्ष लिला खतिवडाले राष्ट्रिय आविष्कार केन्द्र कीर्तिपुर पुगेर राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनलाई नगद आर्थिक सहयोग हस्तानान्तरण गरेका छन् ।

आर्थिक सहयोग रकम ग्रहण गर्दै पुनले दूरगामी लक्ष्यसहित आविष्कार केन्द्र निर्माण गरिएको भन्दै यसलाई व्यवस्थित गर्दै लैजान नेपाली युवाले गरेको सहयोग अतुलनीय रहेको बताए ।

अहिलेसम्म ९ करोड बराबरको आर्थिक सहयोग संकलन भएको भन्दै पुनले यसलाई व्यवस्थित बनाउँदै लैजाने बताए ।

राष्ट्रिय आविष्कार केन्द्र आफैंलाई पनि आम्दानी गर्ने केन्द्रका रुपमा अघि बढाउने योजना सुनाउँदै पुनले नयाँ केहि गरौं भन्ने सोच भएका सम्पूर्ण नेपालीको केन्द्रका रुपमा यसको विकास गरिने बताए ।

समाजका अध्यक्ष निरौलाले वैदेशिक रोजगारीका क्रममा देशबाहिर रहेपनि स्वदेशमा हुने राम्रा काम र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने संस्थाको लक्ष्य अनुसार राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको बताए ।

संस्थाका उपाध्यक्ष खतिवडाले पनि देशको समृद्धिका लागि वैदेशिक रोजगारीबाट आर्जन गरेको रकम र सीप नेपालीको हीतमा प्रयोग गर्दै अघि बढ्ने सोच रहेको बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ४ : ४२ बजे

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

बेलबारी– लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्नबाली सुक्न थालेको

भोजपुर बोलेरो दुर्घटना : दुई जनाको मृत्यु

टक्सार– भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो

सुहाङको फराकिलो अग्रता, कांग्रेस र स्वतन्त्रबीच दोस्रोका लागि प्रतिस्पर्धा

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई