मोदीलाई प्रधानमन्त्री ओलीले भनेः कोरोना भाइरससँग लड्न सार्क राष्ट्रसँग समन्वय गर्न नेपाल तयार | Khabarhub Khabarhub

मोदीलाई प्रधानमन्त्री ओलीले भनेः कोरोना भाइरससँग लड्न सार्क राष्ट्रसँग समन्वय गर्न नेपाल तयार


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस संक्रमण विरुद्ध लड्न सार्क राष्ट्रहरुसँग मिलेर काम गर्न नेपाल तयार रहेको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस संक्रमण विरुद्ध लड्न सार्क राष्ट्रले साझा तयार गर्नुपर्ने प्रस्ताव राखेपछि प्रधानमन्त्री ओलीको यस्तो प्रतिक्रिया आएको हो ।

‘कोरोना भाइरससँग लड्न सार्क राष्ट्रले संयुक्त रणनीति तयार गर्नुपर्ने प्रधानमन्त्री मोदीजीको प्रस्तावको म स्वागत गर्दछु,’ प्रधानमन्त्री ओलीले ट्विटरमा लेखेका छन्, ‘यो घातक रोगबाट हाम्रा नागरिकलाई बचाउन सार्क सदस्य मुलुकसँग मिलेर काम गर्न मेरो सरकार तयार छ ।’


भारतीय प्रधानमन्त्री मोदीले विश्वभर फैलिरहेको कोरोना भाइरसबारे दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० का सदस्य राष्ट्रहरुले साझा धारण बनाउनु पर्ने शुक्रवार विहान ट्वीट मार्फत धारणा सार्वजनिक गरेका थिए ।

दक्षिण एशियामा विश्वको ठूलो जनसंख्या भएकाले यहाँका नागरिकलाई स्वास्थ राख्न कुनै कसर बाँकी राख्न नहुने बताएका थिए ।

उनले सार्क मुलुकले दुनियालाई एउटा उदाहरण पेश गर्न र स्वस्थ विश्वका लागि योगदान गर्न सक्ने उल्लेख गरेका थिए ।

कोरोना भाइरसका कारण भारतमा १ जनाको ज्यान गएको छ भने ७५ जना संक्रमित भएका छन् । नेपालमा पनि केही समय अघि एक जनामा संक्रमण देखिएको थियो । उनी अहिले स्वास्थ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पाकिस्तान, माल्दिभ्स, भुटान, श्रीलंका, बंगलादेश, अफगानिस्तानमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ४ : ०४ बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा