धार्मिकस्थलमा प्रहरी ‘हस्तक्षेप’को विरोध | Khabarhub Khabarhub

धार्मिकस्थलमा प्रहरी ‘हस्तक्षेप’को विरोध


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बोधि श्रवण धर्म संघले आस्थाको केन्द्र क्याझोक्पामा प्रहरीले ‘हस्तक्षेप’ गरेको भन्दै आपत्ति जनाएको छ ।

संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रहरीले गएको माघ २४ गते हातहतियारसहित धार्मिकस्थलमा प्रवेश गरेर खानतलासी गरेको भन्दै असन्तुष्टि जनाएको हो ।

‘यस्तो कार्य संवैधानिक, लोकतान्त्रिक, मानवीय मूल्य–मान्यताविपरीत भएको’ संघका अध्यक्ष निलबहादुर थिङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संघले सिन्धुलीको कमलामाई नगरपालिका-८, पैरेस्थित धार्मिकस्थलमा भएको ‘अभद्र व्यवहार’बाट विकसित परिस्थितिबारे प्रधानमन्त्री केपी शर्मा ओलीलगायतलाई जानकारी गराउने समेत जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ९ : १७ बजे

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

क्रिकेटर लामिछानेको मुद्दामा आजलाई पेसी

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा